Motivate News

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन। यस गीतलाई भावसागर इन्टरटेन्मेन्ट युट्युब च्यानल र अधिकान्स राष्ट्रिय टेलिभिजनबाट हेर्न र सुन्न पाउने छन् ।

संजय बरालको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा कोरियोग्राफ भने राजिभ समारले गरेका छन् । धुलिखेलको एक रिशोर्टमा छायांकन गरिएको भिडियोमा गायक श्रेष्ठले यो पटक बाल कलाकार आयुश र अन्सुलाई यस भिडियो मार्फत आफ्नो म्युजिक भिडियोमा प्रस्तुत गराएका छन् भने ठुलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठलाई पनि सो गीतको पर्दामा देख्न सकिने छ। अत्याधुनिक प्रबिधीको प्रयोग गरी तयार गरिएको भिडियोमा निर्देशक बरालले आफ्नो उत्तम निर्देशन कला समेत पोखेका छन् । उक्त म्यूजिक भिडियोलाई बुद्ध थापाको टिमले छायाँङकन अनि विकास धमलाले सम्पादन गरेका हुन ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

बिक्रम परियारले आवाज नयाँ लोकदोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को (हेर्नुस भिडियो)

काठमाडौँ – केशव पौडेलको प्रस्तुतीमा  नयाँ लोक दोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को  बोलको  लोक गीत बिजय डीजिटल  मार्फत   सार्वजनिक गरिको छ  । गीतमा चर्चित गायिका देबी  घर्ति र २०७३ मा इमेज लोक कलाकारमा टप १० मा पुग्न सफल गायक  बिक्रम परियारले आवाज दिएका...

अम्बिकाको शब्द शृजनामा नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

 काठमाडौं – पछिल्लो समयकी चर्चित अनि सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर थापा(स्माइल) को आवाज र संगीतमा रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ । आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत...

कर्णराजको आवाजमा मनै रुवाउने गीत ‘मरे आमा तस्बिरैमा रह्यो सम्झना’ (हेर्नुस भिडियो)

काठमाडौं – यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गत फागुन २८ गते भएको  दुखत दुर्घटनाको  सम्झना मनै छुने गीत ‘मरे आमा तस्बिरैमा रह्यो सम्झना’ सार्वजनिक भएको छ । गायक कर्णराज गिरीको आवाजमा रहेको  उक्त गीतमा शब्द नविन पन्तको रहेको भने...