Motivate News

पूरा होलान् रारामा ओलीले बाँडेका बग्रेल्ती सपना ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको रारा तालमा पुगेर मुलुकलाई पाँच वर्ष भित्र अनुभूत हुने विकास गरेर देखाउने घोषणा गरेका छन् । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा सहितको संकल्पको अवधारणा अघि सार्दै समृद्धिको आधारशीला खडा गर्ने युगिन दायित्व पुरा गरेर देशको मुहार फेर्ने विश्वास पनि दिलाएका छन् ।

‘म तपाईलाई आत्मा विश्वासका साथ भन्न चाहन्छु कि पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईँहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धीले तपाईँहरुलाई आफ्नो अमुल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्ष भित्र देशको मुहार स्पष्ट अनुभूत हुने गरी बद्लिने छ, सकारात्मक दिशामा’ प्रधानमन्त्री ओलीले रारामा पुगेर भने, ‘मतपत्र सामान्य कागज मात्र होइन, निर्वाचन नयाँ युगको प्रवेशद्वार हो, प्रवेशद्धारमा तपाईको मत त्यही ताला खोल्ने साँचो हो ।’

प्रधानमन्त्री ओलीले नेपाल बन्ने कुरामा जनतालाई आश्वस्त दिलाएका छन् । ‘मैले पटक पटक भन्दै आएको छु, नेपाल बन्छ र बनाउनु पर्छ,’ उनले भने, हरेक चिजको सीमा र आयु हुन्छ, मान्छेको ज्ञान र सामर्थ्यको पनि सीमा हुन्छ, तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन, इमान र निष्ठाका साथ काम गर्नलाई कसैलाई अतिरिक्त प्रशिक्षणको खाँचो पर्दैन ।’

उनले नेपाल तीब्र विकासको गतिमा अगाडि बढ्ने बताउँदै समृद्धि र विकासमा सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय समुदायको पखाई रहेको बताए । ‘हामी बिनाकुनै बहाना र विलम्व तीब्र वेगमा अगाडि बढ्छौँ,’ उनले भने, देश निर्माणको लागि बलियो आत्मविश्वास छ । नेपालको भविष्य सुदृढ र उज्वल छ ।’ ओलीले सरकारले राष्ट्रियतालाई सुदृढ गर्दै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा स्वाभिमान र पहिचानलाई ‘उँचो’ बनाई छाड्ने प्रतिवद्धता जनाएका छन् । तर यी सपनाहरु कहिले पुरा होलान् वा नहोलान् त्यो त हेर्नै बाँकी छ ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौँ, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण...

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर, ३२ असार – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो...

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही...

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी...