Motivate News

बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार,‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया… ।’

काठमाडौं – बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया… ।’

सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फर्मेसन सेन्टरको तथ्यांक छ। यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकले बुद्धको जन्मथलोबारे गलत सूचना पाइरहेका छन् भन्ने बुझाउँछ।

भारतले बुद्ध नेपालमा जन्मेको अकाट्य तथ्यलाई बंग्याएको कोलम्बोस्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेल बताउँछन्। गलत सन्देश फैलाइँदा बुद्धको जन्मथलो लुम्बिनी ओझेलमा पर्न सक्ने उनको बुझाइ छ। गलत सूचना फैलिरहेको तथ्यबारे जानकार प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।

गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘बुद्धको जन्मथलो लुम्बिनी नभएर भारत हो भन्ने गलत तथ्य तत्काल सच्याउनुपर्छ। यसबारे परराष्ट्र मन्त्रालयले नै गम्भीरता देखाउनुपर्छ।’

यो खबर आजको कान्तिपुर दैनिकमा छ, कोलम्बोबाट करिब १ सय १८ किलोमिटर दूरीमा रहेको क्यान्डीमा बुद्धको दाँतको अस्तिधातु छ, जसलाई विश्वभरिका बौद्ध धर्मावलम्बीले श्रद्धाका साथ हेर्छन्। भारतीय म्युजियमभित्र रहेको अन्य तथ्यपरक सामग्रीमा पनि गलत जानकारी रहेको एक श्रीलंकाली पत्रकारले बताए। ती पत्रकारका अनुसार श्रीलंकामा भारतीयले सञ्चालन गरेका कैयन् ट्राभल्स एन्ड टुर्स कम्पनीले बौद्धमार्गी श्रीलंकालीलाई भारतका विभिन्न भूभाग घुमाउँछन् र लुम्बिनी पनि भारतमै पर्ने बताउँछन्।

प्रतिकृया दिनुहोस्

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

काठमाडौं – मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने, -सुरुङ खन्नु अघि...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं – गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले  बिहिबार पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...