Motivate News

काठमाडौँमा शक्ति पर्दशन सहित बस्नेत प्यानलको उमेद्वारी घोषणा (फोटो फिचर)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आउँदो बैशाख ८ गते हुने निर्वाचनका लागि सरोज कुमार बस्नेत प्यानलले काठमाडौँमा पनि विशेष कार्यक्रम मार्फत उमेद्वारी घोषणा गरेको छ ।

आइतवार नयाँ बानेश्वर स्थित अल्फा हाउसमा तामझामका साथ बस्नेत प्यानलले उमेद्वारी घोषणा गरेको हो । केही दिन अघि मात्र चितवनमा पनि उमेद्वारी घोषणा गरेर देशब्यापि रुपमा उमेद्वार परिचयात्मक कार्यक्रम गरेर फर्किएको बस्नेत टिमले काठमाडौँमा पनि शक्ति प्रर्दशन सहित उमेद्वारी घोषणा गरेका छ ।

करिव चार सय जनाको उपस्थितिमा सम्पन्न घोषणा सभामा इक्यानका पूर्व अध्यक्ष उत्तम पन्त, अरुण लामिछाने, बुद्धि रेग्मी, दिपक गुरुङ लगायतको उपस्थिति रहेको थियो । ‘२४ महिना २४ काम सहि नेतृत्व शाझा इक्यान’ भन्ने नाराका साथ चुनावि मैदानमा रहेको बस्नेत प्यानलले २४ महिनामा गर्ने २४ कामको विवरण समेत सार्वजनिक गरेको छ । आगामी दुई बर्षका लागि ‘भिजन २०२०’ लक्ष्यका साथ बस्नेत टिम चुनावि मैदानमा उत्रिएको छ ।

बस्नेत टिमबाट अध्यक्षमा सरोज कुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के।सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के.सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उमेद्वारी घोषणा गरेका छन । यस निर्वाचनमा आफ्नो प्यानलनै विजयी हुने दावि बस्नेत प्यानलको छ ।

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...