Motivate News

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द राजेन्द्र थापाले लेखेका छन् ।

फिल्ममा सबैजसो मुख्य कलाकार फिचर गीतमा स्वर संगीतकार रहेका शिवाकोटीसँगै अञ्जु पन्तको छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन् । निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो भनेका छन् । पुर्णतः कमेडी फ्लेभरको फिल्मलाई लिएर निर्देशक भण्डारी आशावादी देखिए ।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिनयमा छन् ।

फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे छन् ।

प्रतिकृया दिनुहोस्

“जसले मेरो” बोलको नयाँ आधुनिक गीत सार्बजनिक (भिडियो)

काठमाडौँ – फेवा टाइम्सको युट्युब च्यानल मार्फत “जसले मेरो” बोलको नयाँ आधुनिक गीतको भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राजेन्द्र स्यांग्बोको स्वर रहेको छ भने प्रविन गाउँलेको शब्द रहेको छ । यसगीतलाई सुबास सर्जनले संगीत भरेका छन् भने टंक केसीले छायांकन...

सम्मान पाउँदा धुर्मुसको आँखामा आँसु रोकीएन…(भिडियो)

काठमाडौँ – नेपाली कलाकारीताको, हाँस्य व्यंङ्ग्य क्षेत्रका चर्चित एवं सफल व्यक्तित्व तथा पछिल्लो समयका सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) लाई लिबर्टि स्कुल जोरपाटिले शनिबार अभिभावक दिनको अवसर पारेर स्मृती पुरस्कारले सम्मान गरेको छ । सम्मान सहित नमुना नेपालका लागि ३२ हजार नगद...