Motivate News

महेश भण्डारीको स्टाटसले इक्यानमा भुँइचालो, भन्छन् ‘प्राइमरी अंग्रेजिले इक्यानको नेतृत्व गर्न सुहाउँदैन’

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन नजिकिदै गर्दा विभिन्न रोचक र घोचक प्रशंगहरुले बजार तताई रहेको छ । यसविच इक्यान कास्कीका पूर्व अध्यक्ष महेश भण्डारीको ताजा फेसबुक स्टाटसले इक्यान बृतमा सनसनि मच्चाएको छ । आफूलाई लागेका कुरा प्रस्ट र खरो रुपमा राख्ने स्वभावका भण्डारीको पछिल्लो स्टाटसले इक्यानको नेतृत्व गर्छु भनेर लागेका केही ब्यक्तिलाई ज्वरो छुटाउने निश्चित छ ।

केही समय अगाडी पनि भण्डारीले इक्यानको आउँदो निर्वाचनमा प्रोफेशनल मान्छेलाई निर्वाचित गराएर इक्यानलाई कुनै पार्टीको भातृ संगठन बनाउन चाहाने भाइ, काका, भतिज प्रबृतिको अन्त्य गर्न अपिल गरेका थिए । यस पटक भने भण्डारीले कसरी प्रोफेशनल मान्छे छान्ने भनेर सजिलो उपाए सुझाएका छन् ।

उनी भन्छन, ‘उपाय सिम्पल छ । फेसबुक र मोबाइलको मेसेन्जरमा उनीहरुले तपाईसँग पक्कै पनि भोट मागी रहेका होलान् । उनीहरुसँग अंग्रेजीमै केही सोधनी पुछनी गर्नुहोस, मिल्छ भने कल नै गरेर आग्रह गर्नुहोस । हेक्का गर्नुस नि, जवाफ अंग्रेजीमै पाउँ भन्नुस् । उनीहरुको उत्तर ४ कक्षाको बच्चाको भन्दा कम पाउनु भयो भने बुझ्नुस् यिनीहरुले केही गर्नेवाला छैनन् । यस्ता सामान्य भाषिक ज्ञान नहुनेहरू ठेकेदार हुन् शैक्षिक परामर्शदाता होइनन् ।’

उनले थप भनेका छन, ‘दाँत झर्नु, कपाल फुल्नु, कोट गलाउनु र पार्टीको टिकट खल्तीभित्र राख्नु भनेको इक्यानको केन्द्रीय कमिटीमा आउनको लागि चाहिने योग्यताहरु होइनन् । शुद्ध अंग्रेजी लेख्न बोल्न जान्नु न्युनतम् योग्यता हो । किनकी हामी जर्मनी र जापानबाहेक प्राय सबै देशको काम गर्दा अंग्रेजी माध्यममा नै समन्वय र सहकार्य गछौँ । प्राइमरी लेभलको अंग्रेजीवाला मनुवाले इक्यानलाई नयाँ उचाई दिन सक्दैन । न एम्बेसी, न युनिभर्सिटी, न ब्रिटिस काउन्सिल, न आइडिपी, न अन्तर्राष्ट्रिय कुनै पनि निकाय वा प्रभागमा यस्ता मान्छेले आफ्ना कुरा राख्न सक्दैनन् । राखिहालेछन् भने पनि त्यसले इक्यानको अन्तराष्ट्रिय बेइज्जती हुने पक्का छ । चुनौतीको सामना र नयाँ सोचको सिर्जना गर्न भाषा नै समस्याको कारक हुनेवाला छ । अंग्रेजीमा लेखापढी गर्न नसक्ने यस्ता फर्जी परामर्शदाता उम्मेदवार हारेकै राम्रो हुनेछ ।’

हेर्नुहोस यस्तो छ महेश भण्डारीको स्टाटस जस्ताको तस्तै:

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...