Motivate News

जित निश्चित भइसक्यो, हाम्रो प्रतिशपर्धा मतान्तरका लागि हो : सरोज बस्नेत

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन मिति अत्यन्तै नजिक आइरहेको छ । यही बैशाख ८ गते इक्यानले निर्वाचन मार्फत अगामी दुई बर्षका लागि नयाँ नेतृत्व पाउँदैछ । यतिखेर सरोज बस्नेत र विष्णुहरी पाण्डे प्यानलनै बनाएर चुनावि मैदानमा छन । दुबै टिम आफ्नो प्यानलनै विजयी हुने दावि सहित निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन ।

यही मेसोमा अध्यक्षका उमेद्वार सरोज बस्नेतलाई मोटिभेट न्यूजले सोधेको थियो, ‘चुनाव नजिकै आइसक्यो कस्तो छ अवस्था ?’ उनले जवाफ दिए, ‘हाम्रो तयारी र सबै क्यालकुलेशनका आधारमा हामीले निर्वाचन जिति सक्यौँ । अव मतदान मार्फत औपचारीक परिणाम आउने प्राविधिक कुरा मात्र बाँकी छ । जति ठाँउमा हामी पुग्यौँ मतदाताहरुबाट हामीले सोचेको भन्दा अपार माया र विश्वास प्राप्त गरेका छौँ । यसबाट हाम्रो निष्कर्ष के हो भने अव हाम्रो प्रतिशपर्धा कति मतले चुनाव जित्ने भन्ने मात्र हो ।’

उनले भने, ‘हामी संग टिममा बर्षौ देखि परामर्श क्षेत्रमा लागेका आफूलाई परामर्शदाता हुँ भनेर गर्वका साथ परिचय दिन सक्ने प्रोफेशनल टिम छ । यो टिमलाई नजिताए कसलाई जिताउने ? केही साथीहरु अझैपनि केही गरि सरोज बस्नेतलाई हराउन सकिन्छ की भनेर लागिरहनु भएको छ । यो उहाँहरुको मृगतृष्णा मात्र हो ।’

बस्नेत प्यानल ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नाराका साथ ‘भिजन २०२० लक्ष्य लिएर चुनावि मैदानमा छ । केही दिन अघि मात्रै विशेष कार्यक्रम मार्फत औपचारीक उमेद्वारी घोषणा गरेको बस्नेत टिम देश दौडाहबाट फकिएपछि निकै उत्साहित देखिएको छ । मोटिभेट न्यूजसंग कुरागर्दै बस्नेतले आफ्नो पुरै टिमनै विजयी हुने दावि समेत गरे ।

उक्त टिमबाट अध्यक्षमा सरोज कुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के।सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठ उमेद्वार रहेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के।सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाह उमेद्वार रहेका छन ।

प्रतिकृया दिनुहोस्

इक्यान शैक्षिक मेलाको तेश्रो दिन उत्साहजनक सहभागिता

काठमाडौं  – विहिबार देखि जारी १२औँ शैक्षिक मेला शनिबार सहभागिता बढेको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहि सुचना दिनका लागि आयोजित मेलामा पहिलो र दोश्रो दिनको तुलनामा तेश्रो दिन सहभागि बढेको छ । पहिलो र दोश्रो दिन निरास भएका ब्यबसायीहरु...

इक्यान शैक्षिक मेलाको दोश्रो दिन उपस्थिति न्यून

साउन ४, काठमाडौं  – विहिबार देखि सुरु भएको १२औँ शैक्षिक मेला जारी छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मेला विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहि सुचना दिन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको हो । उक्त मेलामा अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष...

भृकुटीमण्डपमा आजदेखि इक्यान शैक्षिक मेला शुरु

साउन ३, काठमाडौं  – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन...

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...