Motivate News

आज अक्षय तृतीया, यसरी मनाएमा हुनेछ लाभ

काठमाडौं – वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।

शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ ।

आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राहृमणलाई दान गरिन्छ । यस्तो घडामा ब्रहृमा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने विश्वाससमेत छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सदगति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । समुद्रमा पानी सकिए पनि आजका दिन दान गर्ने पुण्य नसकिने अध्यक्ष गौतमले बताए ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

प्रतिकृया दिनुहोस्

मनसुन सुरु नभएसम्म काठमाडौंलगायत पश्चिम तराईमा अझै गर्मी बढ्ने

काठमाडौं – मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू भागमा गर्मी ह्वात्तै बढेको हो । मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको हो । पूर्वी भेगमा हल्का बर्षासँगै मौसम केही...

राजधानी काठमाडौंमा पनि बर्डफ्लु

काठमाडौँ- कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण पुर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । काठमााडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मैस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँच बर्ष अघि पनि काठमाडौंमा...

बाल्टीको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

रामपुर, पाल्पा, १२ जेठ – बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे मृत्यु भएको छ । शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए ।...

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ – साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१...