Motivate News

इक्यान निर्वाचन : को सेफ जोनमा ? को डेण्जर जोनमा ?

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन आउन अव केही घण्टा मात्र बाँकी छ । यतिबेला उमेद्वारहरु चुनावि नतिजालाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम कसरतमा छन । सरोज बस्नेत र विष्णुहरी पाण्डे नतिजा आफ्नो पक्षमा पर्ने दावि गरिरहे पनि निर्वाचनको बास्तविक धरातल चाँही कस्तो छ त ? सम्भावित मत परिणाम कसको पक्षमा आउला ? विभिन्न मापदण्डको आधारमा इक्यानलाई नजिकबाट बुझ्ने केही ब्यक्तिहरुसंगको राय संकलनको आधारमा र इक्यान मतदाताहरुको विचमा मोटिभेट न्यूज डटकमले गरेको गोप्य सर्वेक्षणको आधारमा यो निर्वाचन कसको सुखद र कसको लागि दुखद होला ? यस सम्बन्धी हामीले विशेष विश्लेषणात्मक रिर्पोट तयार पारेका छौँ :

अध्यक्ष, सरोज बस्नेत VS विष्णुहरी पाण्डे : कसको पल्ला भारी ?

यस निर्वाचनमा सरोज बस्नेत र विष्णुहरी पाण्डेविच अध्यक्षमा कडा प्रतिशपर्धाको अवस्था देखिएको छ । गोप्य सर्वेक्षण अनुसार अध्यक्षमा यसपटक दश मत भन्दा कम मतान्तर हुने देखिएको छ । अघिल्लो निर्वाचनमा सरोज बस्नेत प्रकाश पाण्डेसंग जम्मा २८ मतले पराजित भएका थिए । प्रकाश पाण्डे विष्णुहरी पाण्डेभन्दा बलिया उमेद्वार यस कारण पनि थिएकी त्यतिखेर प्रकाश पाण्डेलाई उदाउँदो आशा लाग्दो नेतृत्वको रुपमा हेरिएको थियो तर उनको कार्यकाल औषत भन्दा माथि उठ्न सकेन । त्यस कमजोरीलाई सरोज बस्नेतले राम्रोसंग क्यास गर्ने देखिन्छ । संगै विष्णुहरी पाण्डेलाई कन्सल्टेन्सी ब्यवसायसंगै अन्य थुप्रै ब्यवसायमा पनि संलग्न रहेका कारण भोलि उनले अध्यक्ष जित्दै गर्दा कतै परामर्श क्षेत्रलाई समय नदिने होकी ? या अध्यक्षलाई भेट्नै नसकिने होकी ? भन्ने आशंका मतदाताहरुले गरिरहेका छन । बस्नेत टिमले प्रोफेशनल र चिनिएका अनुहारहरुलाई अगाडी सारेको दावि गरिरहेका छ भने पाण्डे टिमले जापान काम गर्ने ब्यवसायीहरुलाई प्राथमिकता दिएर टिममा अगाडी बढाएको छ ।

दुई बर्षको समयमा संस्थापनले साख गिराउँदै लगेको छ भने विपक्षी टिमले त्यसलाई मसला बनाएर सशक्त रुपमा अगाडी बढाइरहेको छ । बस्नेत र पाण्डे दुबैमा एउटा चाँही समानता छ, त्यो भनेको पाण्डे एमालेका विदेश विभाग सदस्य हुन भने बस्नेत नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि हुन । अध्यक्षमा यसैले वाजि मार्छ भनेर भन्न नसकिएपनि मतान्तर अत्यन्तै न्यून हुन्छ भन्ने कुरा सर्वेक्षणले देखाएको छ ।

उपाध्यक्ष : कसले मार्ला बाजि

तिन जना उपाध्यक्षका लागि ७ जना चुनावि मैदानमा छन । बस्नेत प्यानलबाट राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल छन भने पाण्डे प्यानलबाट देविदास भट्टराई, खड्ग लिम्बु र सपना राजभण्डारी प्रतिशपर्धामा छन । त्यस्तै कृष्ण के.सीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन । बस्नेत प्यानलका उमेद्वार राजेन्द्र रिजाल अघिल्लो निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए भने अर्का उमेद्वार महेशबाबु तिमल्सिना ८ बर्षसम्म इक्यानका महासचिव भइसकेका ब्यक्ति हुन । दुबै जनाको संस्थागत सकृयताको इतिहाँस लामो छ । संगै उनीहरुले संचालन गर्ने कन्सल्टेन्सी राजेन्द्र रिजालको काठमाडौँ इन्फोसिस् एजुकेशन कन्सल्टेन्सी र महेशबाबु तिमल्सिनाले संचालन गर्ने कंगारु एजुकेश फाण्डेशन चिरपरिचित कन्सल्टेन्सी हुन । त्यस कारण पनि यी दुईलाई थप सहज हुने देखिन्छ ।

त्यस्तै बस्नेत प्यानलका अर्का उपाध्यक्षका उमेद्वार उमेश ढुंगेल इक्यान भित्र बौद्धिक ब्यक्तित्वका रुपमा चिनिन्छन । हाल सचिव रहेका उनी उपाध्यक्षका लागि चुनावि मैदानमा छन । इक्यानका प्रचार विभाग प्रमुख हुँदा सन्तोषजनक काम गर्न नसकेको आरोप संस्थापन पक्षले उनीमाथि लगाएको छ । त्यस्तै पाण्डे प्यानलका उपाध्यक्ष त्रय देविदास भट्टराई, खड्ग लिम्बु र सपना राजभण्डारी मध्य देविदास बर्तमान सचिव हुन भने लिम्बु कोषाध्यक्ष हुन । राजभण्डारी भने कार्यसमिति बाहिरबाट प्रतिशपर्धामा छिन । देविदासले महासचिवमा दावि गरेपनि अन्त्यमा उपाध्यक्षमा प्रस्तुत गरियो, लिम्बु जापान काम गर्ने कन्सल्टेन्सी पाण्डे समुहले धेरै प्राथमिकता दिएका कारण आशाबादी छन ।

विभिन्न हिसावले विश्लेषण गर्दा खेरी बस्नेत प्यानलबाट दुई जना उपाध्यक्ष आउने पक्का पक्की छ भने संस्थापन प्यानलको प्रतिशपर्धा आफ्नैसंग हुने देखिन्छ । कृष्ण के.सीले स्वतन्त्र उमेद्वारी दिएपनि उनको उमेद्वारले कसैको जित हारलाई त फरक पार्ला तर उनी स्वंयमलाई भने फरक नपार्ने देखिन्छ ।

महासचिव : सन्तोष प्याकुरेल VS शेषराज भट्टराई, को बलियो ?

अध्यक्ष पछिको अधिकारका हिसावले सबैभन्दा पावरफूल पद महासचिवका लागि सन्तोष प्याकुरेल र शेषराज भट्टराई प्रतिशपर्धामा छन । प्याकुरेल निकै लामो समय देखि इक्यानमा विभिन्न पदमा रहेर भुमिका निर्वाह गरिसकेको ब्यक्ति हुन भने शेषराज भट्टराई फरक पृष्ठभुमिबाट केही बर्ष अघि मात्रै कन्सल्टेन्सी क्षेत्रमा प्रवेश गरेका ब्यक्ति हुन । उनी केही फरक गर्छु भन्ने जोस त देखाइरहेका छन तर उनको जोसले पटक यस पटक काम नगर्ने देखिन्छ ।

एक त यस अघि इक्यानको कुनै कार्यसमितिमा नरहेको ब्यक्ति त्यसमाथि संस्थापन पक्षबाट देविदास भट्टराईले दावि गरिरहदा शेषराज भट्टराई कसको चाहानामा किन ? कसरी ? महत्वपूर्ण पदका उमेद्वार बने त्यो सबैले बुझेकै छन । त्यसकारण पनि शेषराजलाई यो निर्वाचन चुनाव उठेको एउटा अनुभव बटुल्ने मौका बाहेक केही नहुने जानकारहरु बताउँछन । बर्तमान महासचिव समेत रहेका प्याकुरेल आगामी दुई बर्षका लागि पनि फेरी सोही कुर्सिमा नवीकरण हुने सम्भावना ज्यादा छ ।

सचिव : कसको पोजिसन के ?

दुई जना सचिवका लागि दुई प्यानलबाट ४ जना प्रतिशपर्धामा छन । बस्नेत प्यानलबाट विक्रम के.सी र ज्ञानेन्द्रमान जोशी त्यस्तै पाण्डे प्यानलबाट श्याम शर्मा कडेल र दिपक भुषाल प्रतिशपर्धामा छन । विभिन्न विष्लेषणहरुका आधारमा जानकारहरु भन्छन दुई सचिवका लागि दुई प्यानलबाट एक एक जना निर्वाचित हुने देखिन्छ ।

कोषाध्यक्ष : सुर्य बहादुर डाँगी VS गोविन्द अधिकारी को अगाडी ?

कोषाध्यक्ष पदका लागि पनि यस पटक रोचक प्रतिशपर्धा हुने देखिएको छ । बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार सुर्य बहादुर डाँगी जोसिला यूवा हुन । हाल इक्यानका कार्यसमिति सदस्यसमेत रहेका उनी कार्यकाल भरि नै इक्यान भित्र हुने अनियमितता र अपारदर्शिका विरुद्ध आवाज उठाएर चर्चामा रहे । यस पटक सो अपारदर्शितालाई निर्मुल पार्न आफूले कोषाध्यक्षमा उमेद्वारी दिएको बताउँछन । उमेरले गोविन्द भन्दा कम रहेका उनी कतै आफ्नो उमेरकै कारण सो जिम्मेवारीमा नपुग्नेत होइन भनेर शंकामा छन । जानकारहरुका अनुसार कोषाध्यक्षमा यस पटक दुबै टिमविच कडा प्रतिशपर्धा देखिन्छ । पाण्डे पक्षका उमेद्वार गोविन्द अधिकारीपनि परिणाम आफ्नो पक्षमा पार्न निकै कसरत गरिरहेका छन ।

सहकोषाध्यक्ष : राकेश श्रेष्ठ VS निरुपमा महर्जन, के होला नतिजा ?

बस्नेत प्यानलबाट राकेश श्रेष्ठ र पाण्डे प्यानलबाट निरुपमा महर्जन सहकोषाध्यक्षका उमेद्वार छन । विभिन्न विश्लेषणका आधारमा जानकारहरु भन्छन, राकेश श्रेष्ठले फराकिलो मतान्तर सहित बाजि मार्दैछन ।

के होला सदस्यमा ?

विभिन्न सर्वेक्षेणमा मतदाताहरुले प्यानल नभै ब्यक्ति हेरेर मतदान गर्ने बताइसकेका छन । र जानकारहरुको अनुसार पनि कुनैपनि प्यानलले सिंगो टिम निर्वाचित गराउने अवस्था छैन । तसर्थ सदस्यहरुमा मिश्रीत परिणाम आउने अनुमान गरिएको छ । प्राप्त जानकारी र विश्लेषका आधारमा बस्नेत टिम कुनै पदमा हारेपनि कार्यसमितिमा बहुमत सहित इक्यानमा दरिलो उपस्थिति देखाउने हैसियतमा हुने कुरामा चाँही दुई मत छैन ।

प्रतिकृया दिनुहोस्

सामाजिक सद्भाव विगारेको भन्दै लाखौँको मदिरा नष्ट, गाउँ गाउँमा नेकपाको हाइहाई

कालिकोट – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० लाख बरावरको मदिरा जफत गरेको छ । मदिर बोकेर सुर्खेतबाट कालिकोटको सदरमुकाम मान्मा आउँदै गरेको ना १ ख १५०३ नम्बरको मालबाहक ट्रकबाट जफत गरि नष्ट गरिएको हो । गरेका छन् । सुर्खेतबाट कालिकोट आउँदै...

कालिकोटको सान्नित्रिबेणी गाउँपालिकामा ठुलो भ्रटाचार

कालिकोट – सान्नि त्रिवेणी गाउँपालिकामा ठुलो भ्रष्टाचारको आशंका गरिएको छ । २०७४ साल माघ १६ र १७ गते दिलबहादुर कठायत र केशव कठायत दुई दाजुभाईले राखेको स्वस्थ्य शिविरलाई देखाएर गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले भ्रष्टाचार गरेको आशंका गरिएको छ । सामाजिक सेवाका...

ओली क्याबिनेटमा ताप्लेजुङका योगेशदेखि डोटीका प्रेम आलेसम्मको चर्चा

काठमाडौं । राष्ट्रपतिले सपथ लिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन् । एमाले स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशबाट एक एक जनालाई मन्त्री बनाउने तयारी थालेका छन् । आफू जनताको काम गर्न आएकोले जनताको नजरमा विवादस्पद रहेका व्यक्तिलाई...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो...