Motivate News

क्रिस गेलको सतकमा पञ्जावद्वारा हैदराबाद १५ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएपछि किङ्स इलेभन पञ्जावले सनराइजर्स हैदराबादलाई १५ रनले पराजित गरेको छ ।

आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरेपछि पञ्जावले ३ विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।
ओपनिङमा आएका गेलले ११ छक्का र १ चौका पनि प्रहार गरे । उनले ६३ बलको सामना गर्दै १०४ रन बनाएर नटआउट रहँदा हैदराबादले १९४ रनको चुनौती पाएको थियो ।

आईपीएलमा छैटौँ सतक ठोक्ने क्रममा गेलले सनराइजर्स हैदरबादका रसिद खानमाथि लगातार चार छक्का समेत हाने । उनले १३.२ देखि १३.५ ओभरसम्म लगातार चार छक्का हानेका थिए ।

गेलपछि पञ्जावका लागि केके नायरले ३१ रन जोडे भने केएल राहुल र मयंक अग्रवालले १८–१८ रनको व्यक्तिगत योगदान दिएका थिए ।
हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ कउलले समान १–१ विकेट लिन सफल भए

तर जवाफी ब्याटिङमा आएको हैदराबाद चार विकेटको क्षतिमा  १७८ रनमा समेटिएपछि पञ्जावले महत्वपूर्ण जित दर्ता गरायो । हैदराबादका लागि मनिष पाण्डेले ५७ र सकिब अल हसनले २४ रनको योगदान दिए । हैदराबादका ओपनर शिखर धवन पहिलो ओभरमै घाइते हुँदै रिटायर्ड हट भएर मैदानबाट बाहिरिए

प्रतिकृया दिनुहोस्

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...

रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

लन्डन – आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र...

आईपीएलः हैदरावाद ९ विकेटले विजयी, दिल्ली प्लेअफबाट बाहिरियो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । तर, दिल्ली भने प्लेअफबाट बाहिरिएको छ । टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको...