Motivate News

देशभर औषधि अभाव हुँदा पनि सरकार मौन

काठमाडौँ – २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा पनि सरकारका सरोकारवाला निकाय मूकदर्शक बनेका छन् । कतै बजेट त कतै समन्वय अभावका कारण औषधि हाहाकार भएपछि बिरामीहरू मारमा पर्दै आइरहेका छन् । स्वास्थ्य सेवा विभागले औषधि अभावबारे बुझ्न सल्यानमा एक कर्मचारी पठाए पनि औषधि आपूर्तिमा पर्याप्त संवेदनशीलता नदेखाएको गुनासो कायमै छ ।

जनस्वास्थ्यविद प्राडा शरद वन्तले औषधि अभावको विषय अत्यन्तै संवेदनशील रहेको भन्दै स्थानीय तहमा बजेट विनियोजन गरेर केन्द्र जिम्मेवारीबाट पन्छिन नहुने बताए । ‘यसमा झारा टार्ने गरी काम गर्नु हुँदैन’, उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा पाउनबाट जनता वञ्चित हुनु भनेको मौलिक हकको हनन हो । स्थानीय होस् वा केन्द्र होस्, जनताको अभिभावक राज्य हो । राज्य गैरजिम्मेवार हुनु हुँदैन ।’

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. दीर्घसिंह बम सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पुरस्कार थाप्ने मन्त्रालयले औषधि आपूर्तिमा संवेदनहीन देखिएको बताए । उनले भने, ‘स्वास्थ्यमा प्रगति भएको भन्दै अन्य मन्त्रालय भन्दा धेरै अन्तर्राष्ट्रिय पुरस्कार थाप्ने तर औषधि आपूर्ति गर्न नसकी औषधि अभाव हुनु भनेको लज्जास्पद कार्य हो ।’ नीतिगत कमजोरीका साथै मन्त्रालय र स्वास्थ्य सेवा विभागको व्यवहारगत समन्वय नहुँदा औषधि अभाव हुन पुगेको उनको दाबी छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भने स्याङजा जिल्ला अस्पतालमा बुधबार आयोजित कार्यक्रममा बोल्दै निःशुल्क औषधि वितरण प्रणालीको दुरुपयोग हुँदा समस्या सिर्जना भएको बताइन् । तर विद्यमान समस्यालाई मन्त्रालयले कसरी सम्बोधन गरिरहेको छ भन्नेबारे उनले कुनै जानकारी दिइनन् ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...