Motivate News

आइपिएलमा हैदराबादसँग पञ्जाब १३ रनले हार्यो

काठमाडौँ – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ ।

१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए ।

करुन नायरले १३ र मयंक अग्रवालले १२ रन बनाएका थिए । हैदाराबादका लागि रसिद खानले ३ , सकिब, सन्दीप शर्मा र बसिल थम्पीले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । मनीषले ५४ रनको योगदान गरे ।

सकिब अल हसनले २८, युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन बनाएका थिए । मनीषले ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए । सकिबले ३९ बलमा ३ चौका प्रहार गरे ।

त्यस्तै १९ बल खेलेका युसुफले १ चौका र १ छक्का प्रहार गरे । पञ्जाबका लागि अंकित राजपुलले ५ विकेट लिए । ४ ओभरमा उनले १४ रन खर्चेका थिए । मुजिब उर रहमानले १ विकेट लिए ।

आइपिएलमा शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले खराब प्रदर्शन गरिरहेको छ ।

६ खेलमा १ खेलमा जित र बाँकी सबै खेल गुमाएको दिल्ली २ अंकसहित पुछारमा छ । सन्दीपले पछिल्ला ६ खेलमा खेल्न अवसर पाएका छैनन् । कोलकाता ६ खेलमा ३ जितका साथ चौथो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

बेलको उत्कृष्ट प्रदर्शनसंगै रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ- गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न...

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...