Motivate News

लियोनेल मेसीको ह्याट्रिकसँगै ला लिगाको उपाधि बार्सिलोनालाई

काठमाडौँ –  यो सिजन घरेलु लिगमा अपराजित रहेको बार्सिलोनाले लियोनेल मेसीको ह्याट्रिकसँगै ला लिगाको उपाधि उचाल्न सफल भएको छ ।

बार्सिलोनाले २५ औँ ला लिगा उपाधि जित्ने क्रममा डेपोर्टिभो लाकुरानालाई उसैको घरेलु मैदानमा ४–२ गोलले पराजित गर्न सफल भएको हो ।

बार्सिलोनाले उपाधि जितेको दिने मेसीले पनि आफ्ना लागि विशेष बनाए । बार्सिलोनाका लागि पहिलो गोल फिलिपे काउटिन्होले गरे । उनले डेम्बेलेको पासमा सातौँ मिनेटमा यो गोल गरेका थिए ।

अर्कातिर मेसीले पहिलो व्यक्तिगत गोल ३८ औँ मिनेटमा गरे । मेसीको ह्याट्रिकका लागि लुइस स्वारेजको योगदान रह्यो । तीनै गोलका लागि मेसीलाई उनैले अवसर दिलाए ।

पहिलो गोल ३८ औँ मिनेटमा गरेका मेसीले दोस्रो गोल ८२ औँ मिनेटमा गरे । त्यसपछि खेलको ८५ औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरेका हुन् ।

पराजित डेपोर्टिभोका लागि लुकासले ४० औँ मिनेटमा र कोलाकले ६४ औँ मिनेटमा गोल गरे पनि मेसीलाई रोक्न नसक्दा पराजय भोग्न बाध्य भयो ।

बार्सिलोनाले चार खेल अगावै उपाधि जित्ने क्रममा ३४ खेलबाट ८६ अंक जोडेको छ । उसलाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ । रियल मड्रिड भने ३४ खेलबाट ७१ अंकमा सीमित भएको छ । अबका बाँकी ३ खेल एथ्लेटिकोले जित्दा पनि बार्सिलोनासँग रहेको ११ अंकको दुरी भेट्न असम्भव भएसँगै बार्सिलोनाले चार खेल अगावै उपाधि उचालेको हो ।

प्रतिकृया दिनुहोस्

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

बेलको उत्कृष्ट प्रदर्शनसंगै रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ- गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न...

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...