Motivate News

बायर्न म्युनिखलाई दोस्रो खेलमा बराबरीमा रोक्दै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ –रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बायर्न म्युनिखलाई समग्रमा रियलले ४–३ गाेल अन्तरले हरायो ।

बायर्नको मैदानमा भएको पहिलो लेगमा २–१ को जित हात पारेको रियल मड्रिड दोस्रो लेगमा २–२ को बराबरीमा रोकियो । रियलाई तेस्रो पटक फाइनलमा पुर्‍याउनका लागि करिम बेन्जेमाले दुई गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै जोसुवा किम्मिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर एघारौं मिनेटमा करिम बेन्जेमाले हेडमार्फत बललाई जाली चुमाए । पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको सुरुवातमा नै रियलले अग्रता लियो । बायर्नका गोलकिपर स्भेन उल्रिचको गल्तिको फाइदा उठाउँदै बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए ।

६३ औं मिनेटमा जेम्स रोद्रिगेजले बायर्नका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।

रियलबाट लोनमा बायर्न गएका रोद्रिगेजको गोलपछि पनि बायर्नले खेलमा फर्किने प्रयास गरेका थियो । कोरोटिन टोलिस्सो र थोमस मुलरको प्रहार रियल मड्रिडका गोलकिपर केलर नभासले बचाएका थिए भने म्याट ह्युलम्सको हेडर पोस्टको नजिकैबाट बाहिरियो ।

रियल मड्रिडले उपाधिका लागि लिभरपुल र रोमाबीचको विजेतासँग खेल्नेछ । बुधबार राति इंग्लिस क्लब लिभरपुल रोमाको मैदानमा खेल्दैछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो ।

प्रतिकृया दिनुहोस्

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

बेलको उत्कृष्ट प्रदर्शनसंगै रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ- गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न...

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...