Motivate News

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

कंगारुका फाउण्डर सिइओ महेशबाबु तिमल्सिनाले क्रिकेट रंगशाला निर्माण हुँदा खेल क्षेत्रको विकास हुने भन्दै रंगाशाला निर्माणका लागि सहयोग गरेको बताए । कंगारु डे’ को उपलक्ष्यमा फाउण्डेशनले सडक सरसफाइ पनि गरेको थियो ।

सहयोग रकम बुझ्दै कलाकार सिताराम कट्टेल धुर्मुसले राष्ट्र निर्माणको अभियानमा जुटिरहेका सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्दै यो सहयोगले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि थप हौसला मिलेको बताए । ‘धेरै तिरबाट सहयोग मिलिरहेको छ, यो अभियानलाई देश विदेशमा रहेका सबै नेपालीले आफ्नै अभियान ठानिरहेका छन्’ कट्टेलले भने, ‘बुद्धको नाममा क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा हामी छौं, बुद्ध जयन्तीकै दिन प्राप्त यो सहयोग हाम्रा लागि अझै महत्वपूर्ण छ ।’

विदेशी शैक्षिक संस्थाहरुसँग सहकार्य गरि नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने काम गर्दै आएको कंगारुले तयारी कक्षा सञ्चालन गर्ने देखि विदेशका शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई भर्ना गराउन र भिषा प्रक्रियामा सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

इक्यान शैक्षिक मेलाको तेश्रो दिन उत्साहजनक सहभागिता

काठमाडौं  – विहिबार देखि जारी १२औँ शैक्षिक मेला शनिबार सहभागिता बढेको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहि सुचना दिनका लागि आयोजित मेलामा पहिलो र दोश्रो दिनको तुलनामा तेश्रो दिन सहभागि बढेको छ । पहिलो र दोश्रो दिन निरास भएका ब्यबसायीहरु...

इक्यान शैक्षिक मेलाको दोश्रो दिन उपस्थिति न्यून

साउन ४, काठमाडौं  – विहिबार देखि सुरु भएको १२औँ शैक्षिक मेला जारी छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मेला विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहि सुचना दिन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको हो । उक्त मेलामा अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष...

भृकुटीमण्डपमा आजदेखि इक्यान शैक्षिक मेला शुरु

साउन ३, काठमाडौं  – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन...

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...