Motivate News

बैशाख २२ गते नेपाल बन्द, बन्दको पूर्वसन्ध्यामा नेकपाको मशाल जुलुस

बुटवल – नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले बृहत मशाल जुलुस निकालेको छ । बुटवलको मुटु मानिने मिलनचोक आसपास क्षेत्रबाट मशाल जुलुस निकालिएको हो ।

नेकपाका कार्यकर्ताले दलाल सरकार मुर्दाबाद, दमन गर्न पाईदैन, धरपकड बन्द गरजस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए ।

सरकार चरम फासिवादी बन्दै गएको भन्दै नेकपाले वैशाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारले आफ्नो पार्टीका शान्तिपूर्ण राजनीतिक आन्दोलानमा सहभागी भइरहेका बेलामा दर्जनौं संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार र झुठा मुद्दा लगाएर फासिस्ट हर्कत जारी राखेको भन्दै नेपाल बन्दको घोषणा गरेका थिए । १२ जना नेताकार्यकर्तालाई फासिस्ट केपी सरकारले बेपत्ता पारेको समेत जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

सरकारले नागरिकले स्वतन्त्र रुपमा विचार राख्ने, सभा जुलुस तथा राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि बन्देज लगाएको र राष्ट्रघात, जनघात, भ्रष्टाचारी, कालोबजारीको विरोध गर्दै जनतालाई संगठित बनाउने काम भेला, सम्मेलन, अन्तक्र्रिया गरिरहेका बेला बाटो र कार्यक्रमस्थलबाट सरकारले प्रहरीले लगाएर अपहरण शैलीमा गिरफ्तार गर्ने र बेपत्ता पार्ने काम गरेको भन्दै सरकारको रवैयाको महासचिव विप्लवले घोर भत्सर्ना गरेका छन् । सरकारको फासिस्ट रवैया र दमन नरोकिए प्रतिरोध गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका छन् ।

नेकपा निकट युवा संगठनका अध्यक्ष बाबुराम राई ‘विवस’ महिला संगठनका महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’, पार्टीका केन्द्रीय सदस्य किरण राई, विद्यार्थी संगठनका महासचिव प्रकाश शाहीलगायत जिल्लाका प्रमुखहरुलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दा लगाएको भन्दै नेकपाले प्रतिरोध गर्ने चेतावनी दिएको हो । गिरफ्तार सबैलाई बिनासर्त तत्काल रिहा गर्न पनि जोडदार माग गरिएको छ ।
सरकारले दुई दिनअघिमा ललितपुर जिल्ला सेक्रेटरी विपिन शर्मा, मकवानपुर सेक्रेटरी रामबहादुर घलानसहित दर्जन नेता कार्यकर्तालाई विभिन्न आरोपमा गिरफ्तार गरी हिरासत राखिराखेको छ । नेकपाका नेता कार्यकर्तामाथि देशैभर सरकारले दमन, धरपकड र यातनालाई तीव्रता दिइँदै आएको छ ।

यसैगरी सोही विज्ञप्तिमा यही बुधबार मात्र कञ्चनपुरको बिचफाँटामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर अतिक्रमणकारी हर्कत जारी राख्दा समेत केपी सरकारले मौन बसेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

पूर्वघोषित कार्यक्रम अनुसार आज साँझ मशाल जुलुस निकालिएको हो ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...