Motivate News

मण्डलामा गुन्जियो कवि खत्री र गजलकार खनालका यी यस्ता सिर्जनाहरु …

काठमाडौँ – काव्य मुशायराको द्वैमासिक शृङ्खला अन्तर्गत ११ औँ शृङ्खलामा लामो समय कोरिया बसेर आएका कवि जीवन खत्री र कोरिया जाँदै गरेका गजलकार सञ्जय खनालका कविता र गजल शनिबार मण्डला थिएटरमा थुप्रै कवि गजलकार अनि दर्शकहरुबीच  सुनिएका छन् ।
कवि जीवन खत्रीले प्रवासमा बसेका नेपालीहरूलाई ईङ्गीत गर्दै “आग्रह” शिर्षकको कविता सुरुमा सुनाए । उनले देशका नागरिकहरू जहाँ भएपनि फरक पर्दैन तर जहाँ पुगेपनि आफ्नो माटो, देश र आमा भुल्न नहुने कुरा कवितामा कलात्मक तरिकाले प्रस्तुत गरे ।

थाहा छ मलाई, तिमीलेपनि बुझेकै छौ देश
बरू सबैलाई गाएर सुनाईदिनु
एक एक अन्तरा बुद्धको गीत
र भन्नु तिमीले अरूलाईपनि
हामी जहाँ रहेपनि सबैभन्दा नजिक हुनुपर्छ,
“आमा, माटो र देश”
-“आग्रह”

उनले यो कविता सुनाई रहँदा हलमा निक्कैबेर ताली बजीरह्यो ..

उनले लगत्तै आफ्नो कविता “आमाहरूको गन्थन” वाचन गरे, त्यसपछि उनले “एउटा खस्रो चित्र” वाचन गरे र धेरै दर्शकको र कविहरुले वान्स मोर .. भनेर डिमाण्ड पाए । “बेहाल खबर” शिर्षक कवितामा उनले हालखबर सोध्ने समयलाई आफू र देशलेनै बेहाल खबर बाँचीरहेकाले बेहाल खबर सोध्न आग्रह गरे ।

“बालुवाको मरूभूमिबाट” शिर्षक कवितामा कवि खत्रीले खाडीमा बस्ने लाखौँ नेपालीको पीडा पोखे । आफू पनि झण्डै ५ वर्ष कोरिया बसेर आएका उनले कवितामा आफूले भोगेको पीडा लेखेको बताए ।

आगो गलत हैन्, तर आगो जलाउने मान्छेले गलत ठाउँमा जलाउँदा गलत परिणाम हुन्छ भन्ने भावको उनको कविता “आगोको वर्णमाला”ले हल निक्कैबेर शान्त भयो ।

“जल्नु जलाउनु मेरो धर्म,
तर किन उठायौ मेरो गल फाईदा?
किन सल्कायौ मलाई फूलहरूको घाँगरमा?
किन जलायौ मलाई चराहरूको गुँडमा?
यात्रुहरू बोकि हँड्ने बसमा
पेट्रोल छर्केर किन सल्कायौ मलाई?
-“आगोको वर्णमाला”

जीवन खत्रीले अन्त्यमा भीरफूल शिर्षक कविता सुनाए ।उनले कविता सुनाइरहँदा स्रोता र दर्शकको मुखबाट ‘वाहवाह’ निस्किरह्यो । बीच बीचमा ताली पनि बजीरह्यो ।

गजलकार सञ्जय खनालले पनि आफ्ना गजलका शेरहरूबाट माहोल तताए ।

धेरै भयो छातीमा उनको आगमन नभएको
मलाई लागिरह्यो मेरो दुश्मन नभएको

यो राजधानीलाई हेर्यौ भने थाहा पाउनेछौ
कति कुरुप हुन्छ घर आगन नभएको

उनले यी शेरहरू वाचन गरीरहँदा दर्शक दिर्घा जुरुक्क उचालियो । र वान्समोर पायो ।

नअाउनु पर्ने थियाे बिश्वासमा ढुङ्गा बनेर
सम्बन्ध भत्कियाे झन् खासमा ढुङ्गा बनेर

जिन्दगी हल्लिएकाे दात भन्ने थाहा पाएपछि
समय अाईरहेछ प्रत्येक गासमा ढुङ्गा बनेर

*

अागनबाट हिडेर यहि समाजमा बसेर
दुश्मनी अायाे चिनेकाे अावाजमा बसेर

अामा अाकासमा हेरेर अासु बगाउदैछिन्
छाेरा गईरहेछ खाडिकाे जहाजमा बसेर

वाचन कार्यक्रम तीन चरणमा भएकाे हाे । प्रत्येक चरणमा कवि खत्रीले दुई /दुई र अन्तिम चरणमा तीन गरी सात कविता सुनाए र गजलकार खनालले प्रत्येक चरणमा चार चार गजल गरी बाह्र गजल सुनाए । आयोजकले कवि, गजलकारलाई मायाको चिनो समेत प्रदान गरीएको थियो ।

प्रतिकृया दिनुहोस्

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

काठमाडौ – आफ्ना १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी...

भृकुटिमण्डपमा हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी...

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

श्रावण ४ मा आउने भयो “भैरे”

काठमाडौँ – यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र “भैरे” को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको...