Motivate News

सुरक्षाको कारण देखाउँदै मोदीको काठमाडौं बास नबस्ने

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते देखि दुई दिने नेपाल भ्रमण गर्दै छन् । यस विचमा उनी राजधानी काठमाडौंमा बास नबस्ने र २८ गते राती पोखरामा बस्ने बुझिएको छ ।  उच्च स्रोत भन्छ, ‘उनले २८ गतेको रात बिताउन बन्दोबस्त गरिएको होटल हायातको बुकिङ रद्ध गरिएको छ ।’

सुरक्षाको कारण देखाउँदै मोदीको काठमाडौं बास बस्ने कार्यक्रम नै रद्ध गर्न लागिएको हो । परराष्ट्र स्रोत भन्छ, ‘अर्को निर्णय भएन भने मोदीले काठमाडौंमा रात बिताउने छैनन ।’

प्राप्त समाचार अनुसार राजनीतिक प्रकृतिका कार्यक्रमहरुमा मोदी सरिक हुने कि नहुने भन्ने सम्बन्धमा समेत पुनःविचार भइरहेको छ । बताइए अनुसार उनको भ्रमण जनकपुरबाट सुरु हुनेछ । सोहि दिन उनी मुक्तिनाथको दर्शन गर्न जाने र राती पोखरामा बिताउने निर्णय भएको छ । यता मोदी आउने दिन प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...