Motivate News

यूवाहरुका लागि बृहत उत्प्रेरणात्मक कार्यक्रम हुँदै

काठमाडौँ – मोटिभेट न्यूज डटकमले आयोजना गर्ने ‘सफलताको बाटो’ नामक बृहत उत्प्रेरणात्मक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त कार्यक्रममा करिव ७ सय यूवाहरुको सहभागिता रहनेछ ।

सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको यस डिजिटल पत्रिकाले संदैव सृजनात्मक, रचनात्मक र उत्प्रेरणात्मक काम गर्दै आएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण मात्र हैन विभिन्न बृहत उत्प्रेरणात्मक कार्यक्रमहरु गर्दै हजारौँ यूवाहरुमा सकारात्मक सोच र सफलताको सुत्र बाँडिसकेको छ ।

यो कार्यक्रममा चर्चित उत्प्रेरक बक्ताका साथै विभिन्न क्षेत्रमा सफलता चुमिसकेका सिद्धहस्त व्यक्तिहरुले आफ्नो सफलताको कथाहरु पस्किदै उत्प्रेरणा प्रदान गर्नुहुनेछ । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले सफलताका लागि चाहिने खुराकहरु पस्किनु हुनेछ भने विश्व साइल यात्री पुष्कर शाह, मिस नेपाल बल्र्ड शृखला खतिवडा र उत्प्रेरक बक्ता रविन कटुवालले आफ्ना सफलताका कथाहरु यूवाहरुको माझमा राख्नुहुनेछ ।

कार्यक्रम राष्ट्रिय नाचघर जमलमा विहान ११ ः ३० बजे देखि उद्घाटन हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम कानुन, न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङ को प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रम संयोजक शिवशक्ति आचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...