Motivate News

निजा पौडेलको सांगीतीक यात्रा आरम्भ

काठमाडौं – सानै उमेरबाट गीत गायनमा रुचि भएकि निजा पौडेलको सांगीतीक यात्रा आरम्भ भएको छ । कक्षा ११ मा अध्ययनरत निजा पौडेलले सोमबार आफ्नो जीवनको पहिलो गीत रेकर्ड गराएकि छिन् ।

कभर गीतहरु थुप्रै गाएर आफ्नो युट्युव एकाउन्टमा हालेकि निजाले कभर गीत बाटै प्रसंसा पाउदै आएकि थिइन् । निजाले सोमबार विकाश चौधरीको संगीतमा अबिनाश थापाको शव्द रहेको गीत रेकर्ड गराइन् । निजालाई गायनमा गायक विश्व नेपालीले साथ दिएका छन् ।

फाष्ट बिटका ५ वटा गीतहरुमात्र समाबेश गरिने उनको एल्वममा निजाले सोलो तथा ख्याति प्राप्त गायकसंग गीत रेकर्ड गराउने संगीतकार विकाश चौधरीले बताए ।

घरमा बाबा आमा र दाजुको सपोर्ट पाएकि निजा आफ्नो भविष्यको लक्ष्य एक सफल गायीका,मोडल तथा नायीका बन्ने रहेको बताउछिन् ।

प्रतिकृया दिनुहोस्

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

काठमाडौ – आफ्ना १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी...

भृकुटिमण्डपमा हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी...

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

श्रावण ४ मा आउने भयो “भैरे”

काठमाडौँ – यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र “भैरे” को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको...