Motivate News

डश म्युजिकको अर्को रमाइलो गीत ‘फास्ट-फास्ट’ (हेर्नुस भिडियो)

काठमाडौँ – पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार रमाइला अनि नृत्यपरक फरक शैलीका स्वाद मिसेर गीतसंगीत  पस्किन माहिर साँगितिक टिम “डश म्युजिक “र चाम्लिङ ईन्टरटेइन्टमेन्ट्ले फेरि पनि “फास्ट-फास्ट” (कल्पना) बोलको रमाईलो अनि दमदार डान्सिङ गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्बजनिक गरेको छ।

गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको श्वरमा भरिएको यो गितमा ब्यस्त यूवा गितकार: डि.पी खनालको शब्द रचना रहेको छ भने प्रतिभासाली सँगितकार: शंकर थापा स्माईलको सँगित र सर्बाधिक चर्चित सँगित सँयोजक: उदयराज पौडेल को सँगित सँयोजन रहेको छ।
अहिलेकी चर्चित नायिका तथा हालै एपिवान टेलिभिजन मार्फत प्रसारित रियालेटी सो “बुगिवूगी”कि निर्णायक प्रियंका कार्की र भारतिय टेलिभिजन सो डिआईडीबाट आफुलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा उनको डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको भिडियोलाई अनिल कुमार मानन्धर ले खिचेका छन् भने भिडियोलाई सम्पादन बिकाश ज्ञवालीले गरेका छन्। सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस  गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रस्तुत गरिएको हो।

 हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

काठमाडौ – आफ्ना १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी...

भृकुटिमण्डपमा हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी...

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

श्रावण ४ मा आउने भयो “भैरे”

काठमाडौँ – यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र “भैरे” को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको...