Motivate News

भावनको गीतमा सुन्दरी नायिका शिल्पाको दमदार अभिनय, भिडियो बन्यो भाइरल

काठमाडौँ –  गायिका भावना आचार्य पछिल्लो पुस्ताकी उदयमान गायिका हुन् । दैलेख मध्यपश्चिमकी यि सुन्दरी गायिकाले संघर्षको त यति ठूलो पहाड चढिन्की अब उनलाई पछि फर्केर हेर्नु नर्पला सायद । छोटो समयमा नै गायिका बनेर राम्रो चर्चा बटुलीरहेकी गायिका भावनाका माया बस्ला फेरी, मानी माथी आगो बल्दैन, मेरो त बुढा कानमा टप लाउनी लगायतका गीतहरु चर्चित छन् । यि गीतहरु रेडियो टेलीभिजन र अनलाइनहरुमा बजिरहँदा उनको नयाँ गीत बग्ने खोला बगी गोले यतिबेला बजार तताएको छ ।

गीत सार्वजनिक भएको एक साता पनि नबित्दखै गीतले करिब ^ लाख दर्शक पाएको छ । मौलिक शब्द शृजना सहित पछिल्लो समयका चर्चित गीतकार दीपक शर्माको शब्द र संगीतमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेलको दमदार अभिनय रहेको छ । जसमा शिल्पालाई दीपक ढकालले अभिनयमा साथ दिएका छन् । फिल्मी शैलीमा छायांकन गरिएको गीतमा शिल्पा र दीपकको गज्जबको अभिनय जमेको देख्न सकिन्छ ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

काठमाडौ – आफ्ना १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी...

भृकुटिमण्डपमा हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी...

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

श्रावण ४ मा आउने भयो “भैरे”

काठमाडौँ – यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र “भैरे” को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको...