Motivate News

आईपीएल : मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हरायो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो ।

मुम्बईको कोलकातामाथि लगातार आठौं र सबैभन्दा बढी अन्तरको जीत हो । यो जीतसँगै मुम्बई चौथो स्थानमा पुग्न सफल भएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । मुम्बईको जीतमा इशान किशनले उत्कृष्ट प्रदर्शन गरे ।

उनले २१ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए । १७ बलमै उनले ५० रन बनाएका थिए । चौधौं ओभरमा किशनले कुलदीप यादवको बलमा लगातार चार छक्का प्रहार गरे । इशान किशन प्लेयर अफ दि म्याच बने ।

मुम्बईको जीतमा रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रन योगदान गरे ।

बलिङतर्फ कोलकाताका पियुष चावलाले ३ विकेट झारे ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताको सुरुआत नै खराब थियो । ओपनर सुनिल नरेन ४ र क्रिस लिन २१ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका रोबिन उथप्पा पनि धेरैबेर टिक्न सकेनन् । उनी १४ रन बनाएर पेभिलियन फर्किए । आन्द्रे रसेल २ तथा दिनेश कार्तिक र रिंकु सिंह समान ५–५ रन बनाएर आउट भए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले २–२ विकेट लिए ।

यस जीतसँगै मुम्बई ११ म्याचमा १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । कोलकाताको पनि समान १० अंक भए पनि नेट रन रेटका आधारमा पाँचौं स्थानमा परेको छ ।

हैदरावाद १६ अंकसहित पहिलो स्थानमा छ । १४ अंकका साथ चेन्नाइ सुपर किंग्स दोस्रो र किंग्स इलाभेन पन्जाब १२ अंकका साथ तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

बेलको उत्कृष्ट प्रदर्शनसंगै रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ- गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न...

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...