Motivate News

आईपीएलः हैदरावाद ९ विकेटले विजयी, दिल्ली प्लेअफबाट बाहिरियो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । तर, दिल्ली भने प्लेअफबाट बाहिरिएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको योगफल तयार पारेको थियो । रिसभले ६३ बलमा १५ चौका र ७ छक्काको मद्दतमा १२८ रन बनाएका थिए । तर हार टार्न सकेनन् ।

१८८ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा १९१ रन बनाएर जित हासिल गर्‍यो ।

हैदरावादका शिखर धवन ९२ र केन विलियम्सन ८३ रनमा नटआउट रहे । हैदरावादले १५ रन बनाउँदा पहिलो विकेट एलेक्स हेल्स आउट भए । उनलाई व्यक्तिगत १४ रनमा हर्षल पटेलले आउट गरे ।

त्यसपछि कप्तान केन विलियम्सन र शिखर धवनले १७६ रनको साझेदारी गरे । धवन प्लेयर अफ दि म्याच भए ।

यसअघि फिरोज शाहा कोटाला मैदानमा पहिले व्याटिङ रोजेको दिल्लीका ओपनर चल्न सकेनन् । पृथ्वी शा ९ र जेसन राय ११ रनमा आउट भए । उनीहरु दुवैलाई शाकिब अल हसनले पेभिलियनको बाटो देखाए । चौथो ओभरमा २१ को स्कोरमा शाकिबले पाँचौं र छैठौं बलमा दुबैलाई आउट गरे । कप्तान श्रेयस ऐयर ३ रन र हर्षल पटेल २४ रनमा आउट भए ।

बलिङतर्फ भुवनेश्वर कुमारले एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

बेलको उत्कृष्ट प्रदर्शनसंगै रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ- गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न...

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...