Motivate News

भोली नेपाल बन्द, बन्द सफल पार्न १४ संगठनको १० बुँदे अपील

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलिको लागि घोषणा गरेको नेपाल बन्दप्रति एक्येवद्धता जनाउँदै सफल पार्न विभिन्न १४ संगठनले संयुक्त रुपमा अपील गरेका छन् ।

नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भएका राष्ट्रहित विपरित कार्यको विरोधमा आह्वान गरिएको नेपाल बन्दलाई सफल पार्नुपर्ने बताएका छन् ।

संगठनका अध्यक्ष तथा पदाधिकारीले संयुक्त जारी गरेको विज्ञप्तिमा बन्द गर्नु पर्ने कारणसहित १० बुँदा अगाडि सारिएको छ ।

यस्ता छन् बुँदाहरु

१) निर्दोष जनता तथा राजनीतिक दलका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, चरम यातना दिने, झुठा मुद्दा लगाउने र बेपत्ता पार्नेलगायतका कार्य गरेको ।

२) तानाशाही, फासीवादी ढंगले कथित संविधानप्रदत्त विरोध तथा असन्तुष्टी व्यक्त गर्ने नैसर्गिक अधिकार हनन गरेको ।

३) राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता, सार्वभौमिकता र अरुण–३ जस्ता प्राकृतिक स्रोत–साधन लिलाम गरी नाङ्गोरुपमा दलालीकरण गरेको ।

४) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा तथाकथित सुरक्षा संवेदनशीलता देखाई नेपाली भूमिमा हतियारधारी भारतीय सेना र जासुशलाई परेड खेलाउने तथा रणनीतिक महत्वका मुस्ताङ्गलगायतका स्थानमा सैन्य विमानमार्फत त्रास फैलाई नेपाली सार्वभौमिकता र नेपाली सुरक्षा प्रणालीको मनोवल गिराएको ।

५) सरकारी हर्कतका विरुद्ध जनस्तरबाट भइरहेका विरोध तथा असन्तुष्टीलाई समर्थन र ऐक्यवद्धता जनाउन ।

६) विगतदेखिका राष्ट्रघाती सन्धी सम्झौता खारेज गर्नुको सट्टा जलस्रोत तथा मौलिक पूर्वाधार विकासमाथि नेपाली जनताको अधिकार अन्त्य गर्न जल तथा रेल यातायातको नाममा थप राष्ट्रघाती सहमतिहरु गरेको ।

७) पेट्रोलियम पदार्थको मूल्यवृद्धि, दैनिक जनजीविकाको लागि अत्यावश्यक वस्तु तथा सेवामा सरकार संरक्षित कार्टेलिङ र भ्रष्टाचार गरेको ।

८ं) ओली–पुष्पकमल गुटले नेपाली जनताको २०० वर्षदेखिको देशभक्तिपूर्ण संवेदना र पछिल्लो समयको नाकाबन्दीको चोटलाई Emotionally Blackmail  समाजवादको नाममा दलाल पुँजीवादको सेवा गरेको ।

९) राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा जनअधिकारप्राप्तीको लागि भएका आन्दोलन दबाउने अपराधी र तिनका मतियारलाई सहयोग गरेको

१०) एक प्रतिशतको हितका लागि सृजित वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत ९९ प्रतिशत जनताको नेतृत्वको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...