Motivate News

मेयर शाक्यले बुझाए भारतिय प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाको चावी

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको आज दोस्रो तथा अन्तिम दिन ।

हिजो जनकपुरबाट आफ्नो भ्रमण सुरु गरेका मोदी आज विहानै मुक्तिनाथको दर्शन गरेर जोमसुङबाट हेलिकोप्टरबाट काठमाडौँ फर्किएका छन् ।

मोदीले त्यसपछि पशुपतिमा गएर विशेष पूजा आजा गरेका थिए । अहिले उनको सम्मानमा काठमाडौँ महानगरपालिकाले सम्मान गर्ने कार्यक्रममा सहभागी हुन राष्टिय सभागृहमा जाँदैछन ।

नागरिकका नाममा महानगरले गरेको सम्मानमा मोदीलाई चाबी हस्तान्तण गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो आयोजना गरिएको कार्यक्रममा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले मोदीलाई चाबी बुझाउने छन् ।

पौने ३ बजे मोदीका लागि अभिनन्दन कार्यक्रम राखिएको छ ।

शुक्रबार जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनपछि पनि मोदीलाई जनकपुरको चाबी बुझाइएको थियो ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...