Motivate News

पत्रकारहरुले गरे मोदीलाई बहिष्कार, क्यामरा डाउन गरेर मोदीको विरोध

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकार निरीह बनेको छ । मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास नै भारतीय सुरक्षा अधिकारीहरुबाट अमान्य भएपछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।

परराष्ट्र मन्त्रालयले मोदी जाने स्थलको प्रेस पास वितरण गरेको थियो । उक्त पासलाई मान्यता नदिई भारतीय सुरक्षा अधिकारीले नेपाली एवं अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिलाई राष्ट्रिय सभागृह प्रवेशमा रोकटोक गर्न थालेपछि सञ्चारकर्मीहरु आक्रोशित भएर विरोधमा उत्रिएका हुन् । प्रवेशमा भेदभाव गरेको विरोधमा मोदी आउने सडकमा सञ्चारकर्मीहरुले क्यामेरा “डाउन” गरेका छन् ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...