Motivate News

३३ किलो सुन तस्करीः पूर्व गृह मन्त्री बामदेव र महराका छोरा पनि तानीय

काठमाडौँ – लहरो तान्दा पहरो आयो भन्ने नेपाली भनाई ३३ किलो सुन तस्करीमा पनि लागु भएको छ । मुख्य नाइके भनिएको चुडामणी उप्रेती ‘गोरे’ र सुन अझै कता छ भन्ने भन्ने पत्तो छैन ।

सनम शाक्यको हत्यामा गोरेसँगै पूर्वडिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भई थुनछेकको बहस सुरु भइसकेको छ । तर, अनुसन्धान टोलीले भने आफ्नो काम अगाडि बढाइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भएपछि यो प्रकरणले थप चर्चा पाएको थियो । उनले छानविनको लागि कुनै कसुर बाँकी नराख्न गृह प्रशासनलाई निर्देशन नै दिएका छन् । सरकारले गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा विशेष छानविन समिति गठन गरेर प्रकरणबारे अनुसन्धान गरिरहेको छ । सुन तस्करी र शाक्य हत्या प्रकरणमा झन्डै तीन दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिसकेको छ ।

अनुसन्धान गरिरहेको टोलीले पहिलो चरणको अनुशन्धान सकेर दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । ‘ठूला माछा’ को नामबाट चर्चामा आउने मन्त्री, नेता, तीनका आफन्त र प्रहरीका पूर्व अधिकारीदेखि अख्तियारसम्म अनुसन्धान भइरहेको बताइएको छ ।

स्रोतका अनुसार अहिले दुई जना पूर्वगृहमन्त्री बामदेव गौतम र कृष्णबहादुर महराको सुन प्रकरणमा संलग्नताबारे अनुसन्धान भइरहेको छ । टोलीले एमाले वरिष्ठ उपाध्यक्ष समेत रहेका गौतमका छोरा हरिश गौतम र सभामुख महराका छोरा एटम महरामाथि पनि अनुसन्धान सुरु गरेको छ ।

त्यसैगरी अख्तियारका निलम्बित पुर्वप्रमुख लोकमानसिंह कार्की, पूर्वआईजीपीद्वय उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याल, पूर्वएआईजीहरु विजयलाल कायस्थ र विज्ञानराज शर्मा,पुर्वएसएसपी रबिराज श्रेष्ठ, एआईजी शर्माका भाई दया शर्मा,दिपक मलहोत्रा,सुवास श्रेष्ठलगायतका केही व्यापारीहरुमाथि पनि अनुसन्धान सुरु भएको स्रोतको दाबी छ ।

टोलीले उनीहरुको विगत र अहिलेका दैनिक गतिविधि र अभिव्यक्ति–संलग्नतालाई मुख्य आधार बनाएको छ । कायस्थले विमानस्थलका सुरक्षा प्रमुख हुँदा १६ महिनामा ५० किलो अवैध सुनको सुराकीमा कमिसन आएको कुरा यसअघि नै सार्वजनिक भइसकेको थियो । उनले अस्मिता झाको नामबाट उक्त कमिसन खाएका थए ।

त्यसैगरी छानविन समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गर्ने बुझिएको छ । सुन तस्करीमा एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र मेट्रोका तत्कालिन प्रमुख एआईजी विज्ञानराज शर्माका भाई दयाको पनि मिलेमतो देखिएको समिति स्रोत बताउँछ ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...