Motivate News

गीत गाएर जित्नुहोस् पचास हजार नगद

काठमाडौँ – ‘केबीए ग्लोबल जुनी जुनी लाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ को आयोजना गरिने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो । संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप बार्हमा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो । लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन् ।

पत्रकार सम्मेलनमा गीतकार बिष्णुबाबु देबकोटाले कम्पिटिसनको बारेमा जानकारी गराएका थिए । केबीए ग्लोबल एजुकेसनएण्ड माइग्रेसनका तर्फबाट ग्लोबल हेड तथा कन्ट्री मेनेजर (नेपाल) रोशन क्षेत्रिले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । ६ बर्ष देखि एजुकेसन र माइग्रेसनको सेवा प्रदान गर्दै आएको केबीए ग्लोबलको संसारभर एघार वटा शाखा रहेका छन्।

कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । यो पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको छ ।

कभर संगस कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो पठाउनु पर्ने छ। प्रतियोगीले आफुले गाएको गीत जुनी जुनी लाइ फेसबुक पेजमा पठाउनु पर्ने छ । प्रतियोगीहरुले गीतलाइ एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनको लागि आजै बाट दुइ महिनाको अबधि तोकिएको छ ।

‘केबीए ग्लोबल जुनी जुनीलाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ सहभागीता जनाउने गीतको लिरिकल भिडियो

प्रतिकृया दिनुहोस्

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

काभ्रेकी ५ वर्षीय प्राप्तीको सुन्नै पर्ने गीत (भिडियो)

काठमाडौँ – अशोक दर्जी केहि समय अघि मात्र भाइरल ब्वाय भनेर चिनिएका थिए । अशोक सामाजिक संजालमा भाइरल बने पछि प्रतिभा भएका साना साना नानि बाबुहरु अझै मिडियामा आउन थालेका छन् । काभ्रे जिल्ला मंगलटारमा जन्मिएकी पाँच बर्षकी सानी नानि प्राप्ति तामांङले...

जेठ २५ गतेबाट प्रदर्शनमा आउने ‘मट्टिमाला’ काे ट्रेलर सार्बजनिक

चलचित्र ‘मट्टिमाला’ ट्रेलर सार्बजनिक गरिएको छ सार्वजनिक गरिएको छ । बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका यी दुई...

रिमालाई कसले भन्यो “किन दुख मान्छौं” ?

काठमाडौं – गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । श्रजनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा...