Motivate News

बस दुर्घटनामा ५० घाइते

जेठ १, गौशाला – महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज अपराह्न १२ः३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ ।

त्यस्तै अन्य सात जना पनि गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका यात्रुका अनुसार सो बसमा एक सयभन्दा बढी यात्रु कोचिएर बसेको र बस तीव्र गतिमा गइरहेका कारण बस चालकले बस नियन्त्रणमा लिन नसकेर बाटाको छेउमै रहेको खाल्डामा बस दुर्घटना भएको थियो । बस दुर्घटना भएलगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारी फरार छन् भने घटनास्थलमा नेपाली सेना, स्थानीयवासी र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाको उद्धार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

हेटौडामा भव्यताका साथ मनाइयो कृष्ण सेन (इच्छुक) स्मृति दिवस, पत्रकार शर्मा सम्मानित

हेटौडा – क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार...

प्रतिनिधिसभाको सभामुखमा महन्थ ठाकुरको नाम प्रस्ताव

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको दाबी आजको कारोबार दैनिकले गरेको छ । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ । तर एमाले–माओवादी एक भएपछि प्रतिनिधिसभाको सभामुख...