Motivate News

‘पण्डित बाजेको लौरी’ को टिजर हेर्नुहोस्

काठमाडौँ – साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’ को कमेडी टीजर सार्वजनिक भएको छ ।

निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताए । बिजय बराल “बादी” र सन्ध्या केसी “बदिनी” को भूमिकामा देखिएका छन् । निर्देशक ओलीका अनुसार, तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यसमा देखाउन खोजिएको छ ।

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथारपटकथार संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

 

प्रतिकृया दिनुहोस्

गायिका सविना शेर्पाको मौलिक तिज गीत ‘लोग्ने पिडित’ बजारमा

काठमाडौँ – लोक तथा दोहोरी गायिका सविना शेर्पाको तिज कोशेली ‘लोग्ने पिडित’ बजारमा आएको छ । सविना शेर्पा र खुमन अधिकारीको अवाज रहेको यो गितमा श्रीमान श्रीमतिको घर झगडाको विषयलाई जस्ताको तस्तै उतारीएको छ । कृष्ण कंडेलको शब्द संगित रहेको यो गीतले...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...