Motivate News

सिरियामा अवरोध छैन : रुस

मस्को – सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ ।

सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न एक अनुसन्धान समूह त्यहाँ गएको उक्त समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी समाचार आएका थिए ।

ती खबर आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ । रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको उसले बताएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मस्कोले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको विना पूर्वाग्रह अनुसन्धानको पक्षमा रहेको छ ।”

यस पहिले नेदरल्याण्डका लागि बेलायती राजदूतावासले रूस र सिरियाले रासायनिक हतियार निवारणसम्बन्धि अन्तरराष्ट्रिय संगठन (ओपिसीडब्लु)ले खटाएका सदस्यलाई सिरियाको डुमा (घटनास्थल)मा प्रवेश गर्न अवरोध गरेको भनी जानकारी गराएको थियो ।

गत अप्रिल ७ गते भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमलामा ४० जना विद्रोही पक्षधर नागरिकको मृत्यु भएको थियो ।

ओपिसीडब्लु प्रमुख अहमेत उजुम्कुले केही समयअघि दमास्कस पुगेपछि अनुसन्धान समूहको सिरिया आगमनबारे स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएको र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायतले गत हप्ताको अन्त्यमा सिरियामा गरेको क्षेप्यास्त्र हमलाका बिषयमा आलोचना गर्दै अनुसन्धानका लागि आएको समूहको विश्वसनीयतालाई प्रभावित तुल्याउन क्षेप्यास्त्र आक्रमण गरिएको मस्कोले जनाएको छ ।

पेस्कोभले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले दावी गरे अनुसार मस्को र अङ्काराबीचको सम्बन्धमा पनि समस्या देखिएको भन्ने भनाइप्रति पनि आलोचना गरेको छ ।

प्रतिकृया दिनुहोस्

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ – अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले...

जेलमा राखिएका दुई पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ – लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो । दुई जना...

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ – उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी...

युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ – युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक...