Motivate News

जेलभित्र पनि गुण्डा गर्दी, दुई कैदी समूहहरुबीचको शक्ति संघर्षले सुनुवारको शंकास्पद मृत्यु

काठमाण्डौ – काठमाण्डौको नख्खु जेलभित्र रहेका कैदीहरूको दुई फरक–फरक समूहबीचएकले अर्को समुहलाई हटाएर आफ्नो समुह स्थापित गर्न संघर्ष हुने गरेको तथ्य भेटिएको छ । करणी र कर्तव्यज्यान मुद्दामा नख्खु जेलमा कैद सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले झन्डै ३० जनासँग बयान लिंदा यस्तो तथ्य देखिएको हो ।

अन्तिम पटक चौकीदारसहितको समूहलाई हटाएर आफ्नो समूह स्थापित गर्न भएको संघर्षका क्रममा कैद सजायं भोगिरहेका सुनुवारको शंकास्पद मृत्यु भएको अड्कल छानबिन समितिले गरेको छ । त्यति मात्र हैन, जेलभित्र सञ्चालनमा रहेका पसल, रेस्टुराँ, वासिङ सेन्टर, मासु पसलबाट हुने आम्दानी र अन्य अवैध चलखेलबाट प्राप्त हुने आम्दानीका निम्ति केही कैदीबीच अस्वाभाविक संघर्ष चलेको समितिका एक सदस्यले बताए ।

शंकास्पद मृत्यु भएको भनिएका भक्त सुनुवारलाई करिब ३ महिनाअघि अर्का कैदी अभिषेकको पहलमा डिल्लीबजार कारागारबाट नख्खु सरुवा गरिएको थियो । मृतकको साथबाट भेटिएको पत्रमा उनले आफूमाथि कुटपिट हुने गरेको, जेलभित्र अनेक समस्या रहेको भन्दै कैयन कैदीमाथि पोल लगाएका छन् । मृतकको साथबाट फेला परेको पत्रमा चौकीदार बुद्ध गुरुङले कैद मिनाहाका लागि रकम मागेको र आफूमाथि कुटपिट भएको उल्लेख छ । तर अनुसन्धानका निम्ति बनेका दुवै समितिले अभिषेकको निकट मानिएका भक्तमाथि कसले, कुन बेला, कसरी कुट्यो भन्ने प्रश्नको अकाट्य उत्तर भेटिसकेका छैनन् । समितिले उक्त पत्रमा लेखिएको तथ्यको सत्यता जाँच गरिरहेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी सोमेन्द्रसिंह राठौर, गृहका शाखा अधिकृत घनश्याम घिमिरे र कृष्णप्रसाद सापकोटा छन् । शंकास्पद मृत्यु र जेलभित्रको बेथिति सार्वजनिक भएलगत्तै गृहले छानबिन समिति बनाएको हो ।

मृतक भक्त २० गते बिहान व्यायामशाला गएर आएको, त्यसलगत्तै उनको रक्तचाप एक्कासि न्यून भएपछि वीर अस्पताल लगिएको जानकारी समितिले पाएको छ । स्वस्थ रहेका भक्तको माथिल्लो रक्तचाप एक्कासि कसरी ५० ४० मा झर्‍यो भन्ने खुलेको छैन । समितिले भक्तलाई अस्पताल पुर्‍याउने र कुरुवा बस्ने प्रहरीसँग पनि बयान लिएको छ । समितिका एक सदस्यले भक्तको मृत्यु शंकास्पद नै देखिएको र मृत्युसँग धेरै तथ्य जेलिएको बताए ।

मृतकका परिवारले भक्तको मृत्यु कारागारभित्र कुटपिटका कारण भएको दाबी गर्दै घटनाको छानबिनका लागि मृतकको साथबाट फेला परेको भनिएको तीन पृष्ठको हस्तलिखित पत्र गृहमन्त्री रामबहादुर थापालाई बुझाएका थिए । त्यसलगत्तै थापाले समिति गठन गर्न निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...