Motivate News

यस्तो अवस्थामा भेट्यो मकालु एयरको जहाज

सुर्खेत – मकालु एयरको नाइन एन जेयु जहाज टुक्राटुक्रा भएको छ। १२ हजार ८ सय फिटबाट खसेको विमान तीन टुक्रा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार १२ हजार ८ सय फिटबाट खसेको थियो।

दुर्घटनामा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको छ। हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटना बुधबार बिहान जहाज दुर्घटना हुँदा सुर्खेतबाट हुम्ला कार्गो विमान लिएर गएका पाइलट र कोपाइलटको ज्यान गएको हो।

बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामाडाँडामाथिको बाहु्नखर्कमा दुर्घटनाग्रस्त भएको हो। बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्कबिहीन भएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीका अनुसार विमान १० बजेर २५ मिनेटमा बाहुन खर्कमा दुर्घटना भएको थियो।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...