Motivate News

फौजदारी अभियोग लागेका सांसद बचाउन कांग्रेसको अडान : ‘एमालेले नियतवस सांसदलाई निलम्बन गर्ने गरी अगाडि बढाएका आरोप

काठमाडौं – फौजदारी कसुरको विषयलाई लिएर पेचिलो बनेको प्रतिनिधिसभा नियमावली संसदबाट पारित गर्ने प्रकृया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीका कारण अवरुद्ध भएको छ।

प्रतिनिधिसभा नियमावलीमाथि परेको संशोधनमा मतदान गर्नेगरी आज संसदमा प्रस्तुत हुन लागेको थियो। कांग्रेसको विरोधका कारण नियमावली संसदमा पेश नै भएन।

आजको कार्यव्यवस्था परामर्शमा प्रतिपक्षले आफ्नो रुप देखाउन नपरोस् भन्दै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नियमावली संशोधनको विषयमा कडा आपत्ति प्रकट गरेका थिए। ‘एमालेले नियतवस सांसदलाई निलम्बन गर्ने गरी अगाडि बढाएकाले विरोध गरिएको हो,’ विश्वकर्माले भने।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...