Motivate News

आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली – उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ ।

घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए ।

स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए ।

प्रतिकृया दिनुहोस्

युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ – युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक...

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

वासिङ्टन, ४ जेठ– अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गर्नुभएको थियो । उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै...

बुधबार प्रहरी मुख्यालयमै हमला, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

जकार्ता, २ – इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ । बुधबार बिहान राजधानी...

सिरियामा अवरोध छैन : रुस

मस्को – सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ । सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न एक अनुसन्धान समूह त्यहाँ गएको उक्त...