Motivate News

मदन-आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा

चितवन, ३ जेठ – २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा बिहीबार विहान उनीहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो ।

नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का चितवन इञ्चार्ज ईश्वरी भट्टराईलगायत दर्जनौँ नेता कार्यकर्ता सहभागी भएका थिए ।

सो अवसरमा बिहीबार हुने दुई पार्टीको एकताले मदन र आश्रितको सपना पूरा हुने नेताले बताएका छन् । उनीहरुले कम्युनिष्ट फुटकै कारण सधैँ कमजोर बन्नुपरेको बताउँदै आगामी दिनमा आर्थिक समृद्धिका पक्षमा लाग्न एकताले बल पुर्याएको समेत बताएका छन् ।

कार्यक्रममा बोल्ने नेताले मदन भण्डारीले देखाएको बाटोमा हिँड्दा सफलता मिल्ने बताएका थिए । आश्रितको शव नदीमा गाडीमै भेटिएको थियो भने भण्डारीको भने घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।

उनीहरु पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उहाँ सवार जिपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए । चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ ।

ताप्लेजुङको हाङदेवामा पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते भण्डारीको जन्म भएको हो । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) राजनीतिमा अघि बढ्दै आइरहेको छ ।

भण्डारीको जिप खसेको स्थल दासढुंगामा चितवन र तनहुँ जोड्ने पुल निर्माण गरिएको छ । सोही क्षेत्रमा १० कट्ठा जमिन खरिद गरी पार्क र अध्ययन केन्द्र निर्माणको तयारी थालिएको एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाले बताए ।

उहाँका अनुसार भण्डारीको शव भेटिएको गाँजीपुरमा मदन भण्डारीको शालिक निर्माण गरिएको छ भने उनकै स्मृतिमा पार्क र अन्य भौतिक संरचना निर्माण गर्ने योजना रहेको मदन भण्डारी फाउण्डेसन, चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका थपलियाले बताए ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...