Motivate News

रिमालाई कसले भन्यो “किन दुख मान्छौं” ?

काठमाडौं – गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । श्रजनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।

निशान्त घिमीरेको समपादन रहेको “किन दुख मान्छौं” गीत श्रृजना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा लागेकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने बताएकी छिन् । गीतमा रिमा र दिपकलाई प्रस्तुत गरिएको छ । पहिलो गीत दर्शक श्रोताले मन पराईएको खण्डमा लगातार गीत बजारमा ल्याउने तयारीमा रहेको समेत श्रृजनाले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

काभ्रेकी ५ वर्षीय प्राप्तीको सुन्नै पर्ने गीत (भिडियो)

काठमाडौँ – अशोक दर्जी केहि समय अघि मात्र भाइरल ब्वाय भनेर चिनिएका थिए । अशोक सामाजिक संजालमा भाइरल बने पछि प्रतिभा भएका साना साना नानि बाबुहरु अझै मिडियामा आउन थालेका छन् । काभ्रे जिल्ला मंगलटारमा जन्मिएकी पाँच बर्षकी सानी नानि प्राप्ति तामांङले...

जेठ २५ गतेबाट प्रदर्शनमा आउने ‘मट्टिमाला’ काे ट्रेलर सार्बजनिक

चलचित्र ‘मट्टिमाला’ ट्रेलर सार्बजनिक गरिएको छ सार्वजनिक गरिएको छ । बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका यी दुई...

‘पण्डित बाजेको लौरी’ को टिजर हेर्नुहोस्

काठमाडौँ – साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’ को कमेडी टीजर सार्वजनिक भएको छ । निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताए । बिजय बराल “बादी” र सन्ध्या केसी “बदिनी” को भूमिकामा देखिएका...