Motivate News

रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

लन्डन – आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको हातमा बेकेका दुई युवा देखिएका छन्।

त्यसको अगाडि ‘योर ब्लड विल फिल द ग्राउन्ड’ (तिम्रो रगतले मैदान भरिनेछ) लेखिएको छ। सिरिया, इराक लगायतका क्षेत्रमा सक्रिय आईएसआई समूहले विश्वकपको पूर्वसन्ध्यामा दिएको धम्कीले आयोजक रुसमाथि खेलाडीको सुरक्षालाई लिएर चुनौती थपेको छ। आईएसआईले बुधबार मात्रै यो फुटेज सार्वजनिक गरेको हो।

आईएसआईले केही समयअघि आफ्ना समर्थकलाई लक्षित गरी रुस विश्वकपका क्रममा खेलाडीहरूलाई आक्रमण गर्न आह्वान गरेको थियो। उनीहरूले त्यस बेला चक्कुले विश्वकपको लोगोलाई प्रहार गरेको र फ्रान्सेली भाषामा ‘सबैलाई मार’ लेखिएको पोस्टरसहित विश्वकपमा कसैलाई पनि आक्रमण गर्न आफ्ना समर्थकमाझ आह्वान गरेका थिए।

आईएसआईले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको थियो। ‘उनीहरूले पुटिनले यसको मूल्य चुकाउनुपर्नेछ’ लेखिएको पोस्टर सार्वजनिक गरेका थिए। आईएसआईले सिरियामा आफूहरूविरुद्ध कारबाहीमा उत्रिएका राष्ट्रपति बसर अल आसदलाई सहयोग गरेकाले मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको जनाइएको छ।

रुसले भने आफूहरू खेलाडीको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। गत महिनामात्रै रुसले शंकास्पद ११ विद्रोहीलाई मारेको जनाएको थियो।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...