Motivate News

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

वासिङ्टन, ४ जेठ– अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गर्नुभएको थियो ।

उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त भएका हुन् ।
उहाँ सिआइएकै कर्मचारी हुनुहुन्छ । सन् २००१ को सेप्टेम्बरमा अल कायदा नामक आतंककारी समूहले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानको क्रममा उनको निकै प्रभावकारी भूमिका रहेको बताइन्छ ।

उनको अनुसन्धान तहकिकात पद्दति त्यतिधेरै विवादमा परेको थिएन । किनभने अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद पनि उत्पन्न हुने गरेको थियो ।
उहाँभन्दा अघिका उक्त निकायका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री हुनुहुन्छ । उनले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिएका थिए ।

ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीचमा केही विवाद पनि थियो । तर पछि भने उहाँको नाम बहुमतबाट अनुमोदन भएको थियो ।
उहाँले गर्ने गरेका अनुसन्धान पद्दतिका बारेमा सिनेटमा केही विवादहरु आएपछि ह्यास्पेलले आगामी दिनमा आफूले यातना दिने र अव्यवहारिक प्रकृतिका यस्ता अनुसन्धान पद्दतिहरु नअपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले सीआइएमा ३३ वर्ष काम गरेका छन् । त्यसैगरी उनले उक्त कार्यालयको अधिकांश कार्य भूमिगत रहेर गुप्तचरको भूमिकामा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ – अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले...

जेलमा राखिएका दुई पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ – लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो । दुई जना...

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ – उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी...

युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ – युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक...