Motivate News

सामाजिक सद्भाव विगारेको भन्दै लाखौँको मदिरा नष्ट, गाउँ गाउँमा नेकपाको हाइहाई

कालिकोट – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० लाख बरावरको मदिरा जफत गरेको छ । मदिर बोकेर सुर्खेतबाट कालिकोटको सदरमुकाम मान्मा आउँदै गरेको ना १ ख १५०३ नम्बरको मालबाहक ट्रकबाट जफत गरि नष्ट गरिएको हो । गरेका छन् ।

सुर्खेतबाट कालिकोट आउँदै गरेको खाँडाचक्र नगरपालिका १ मा रहेका राप्ती स्टोर र राना स्टोरको मदिरा शुभकालिका गाउँपालिकाको कालेखोलामा शुक्रबार जफत गरेका हुन् ।

खाँडाचक्र नगरपालिकाका –१ का ब्यापारी राना स्टार्सको ८ लाखको र राप्ती स्टोर्सको २ लाख बराबरको मदिरा जफत गरि नष्ट गरिएको हो ।

शुक्रबार दिउँसो कालेखोलामा ब्यापारीहरुको मदिरा जफत गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी सुवासचन्द्र बोहराले बताए ।

उनले बिहिबार दिउँसो विप्लव माओवादीका कार्यक्रताले मदिरा जफत गरेको जानकारी दिदै, घटनाको सत्यतथ्य बुझन् प्रहरी परिचालन गरिएको बताए ।

गाउँमा मदिराका कारणले सामाजिक सद्भाव खलबलिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रताले मदिरा नियन्त्रण अभियान थालेको र ब्यापारीहरुको मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका सेक्रेटरी मनीलाल ऐडी (रणदीप) ले स्वीकारे ।

‘मदिराका सामाजिक सद्भाव बिग्रिदै गएको छ ।’ उनले भने,‘झै–झगडा बढ्न थालेपछि मदिरा नियन्त्रण अभियान थालिएको हो । आज १० लाख बराबरको मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छौं ।’

आफूहरुले राज्यलाई कर तिरेर नै ल्याएको मदिरा विप्लवका कार्यक्रताले नष्ट पार्दा ब्यापारमा ठुलो घाटा लागेको राना स्टोसका संचालन रेशम रानाले बताए ।

‘ठुलो परिमाणमा राज्यलाई कर तिरेको मदिरा नष्ट गरिदिँदा ब्यापारमा घाटा लागेको छ ।’ उनले भने,‘यसले गर्दा हामीलाई ब्यापार गर्न पनि समस्या भएको छ ।’

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु...

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत...

कालिकोटको सान्नित्रिबेणी गाउँपालिकामा ठुलो भ्रटाचार

कालिकोट – सान्नि त्रिवेणी गाउँपालिकामा ठुलो भ्रष्टाचारको आशंका गरिएको छ । २०७४ साल माघ १६ र १७ गते दिलबहादुर कठायत र केशव कठायत दुई दाजुभाईले राखेको स्वस्थ्य शिविरलाई देखाएर गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले भ्रष्टाचार गरेको आशंका गरिएको छ । सामाजिक सेवाका...