Motivate News

शिक्षामा २० प्रतिशत बजेट माग

जेठ ९, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ, त्यो कसरी सम्भव हुन्छ भन्ने बारेमा सरकार प्रयत्नशील रहन्छ भने । उनले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार भएकाहरुसँग आग्रह गरे ।

महासंघका अध्यक्ष कृष्ण थापाको नेतृत्वमा गएको प्रमण्डलले केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व न्यूनतम ६० प्रतिशतसम्म प्रतिनिधित्व हुनुपर्ने र सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नतिजामा आधारित कार्यक्रम ल्याउनुपर्ने माग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै...

गरीब , जेहेन्दार तथा दलित बालबालिकालाई छात्रवृत्ति

असार ३, पाल्पा – सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर...

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि...

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत...