Motivate News

गजल : आईरह्यो कति बाकस भित्र कतार भएर

गजल

जुटौ एक अर्काको दरकार भएर

किन उभिन्छौ बेकारमा पर्खाल भएर

सोचेथेँ आउँछौ तिमी पलेटी कस्न

आयौ हुरी वनेर आएनौ प्यार भएर

राम्रो के नराम्रो के छुट्याउनै गाह्रो भो

आयो ताली वाहवाह पनि व्यापार भएर

हिजोआज निस्केका चल्लाहरु पनि

आयो सगरमाथामा पुग्ने हतार भएर

हातमुख जोडन वाध्य विदेश पसेकाहरु

आईरह्यो कति बाकस भित्र कतार भएर।

वोनस शेर

अचेल उस्ले पट्टकै गन्दैन कसैलाई पनि

लाग्छ अव उस्को खल्तीमा दरवार भएर।

प्रतिकृया दिनुहोस्

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...

रवीन्द्र आशिष शैलीका ९ मुक्तकहरु

१) दाउरा सुरुवालमा तुनाको महत्व छ फूल फूल्नु अधि मुनाको महत्व छ सानो भनेर नगर्नु है हेला कसैले पनी हाती तर्साउने भुसुनाको पनि महत्व छ। २) माया भएर के गर्नु जताउन सकिन मनमा थिए कुराहरु वताउन सकिन देख्छु सपनीमा सिरानी संगै वसेको...

भरत बम ‘रणबीर’ लेख्छन, ‘केपी ओलिको सामाजिक दलाल पुँजीवाद’

काठमाडौँ – नेपाली पात्रो अनुसार २०७५ को सुरु आत भएको छ । देशमा वाम गठबन्धनको कथित दुईतिहाइ बहुमतको सरकार छ र यसको नेतृत्व केपी ओलीले गरिरहेका छन् । हरेक नेपाली प्रधानमन्त्रीका लागि दिल्ली दाहिना (सकारात्मक) हुनुपर्ने परम्परालाई निरन्तरता दिँदै भारत भ्रमण गएर...