Motivate News

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । ।

टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गर्‍यो ।

आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए ।

एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए ।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक-एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए । शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुले ।

बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक-एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्

को हुन ति खेलाडी ? जसले विश्वकपमा पहिलो रातोकार्ड पाए

असार ६, काठमाडौं – कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेज मंगलबारको फिफा विश्वकप २०१८ मा रातोकार्ड पाउने पहिलो खेलाडी बनेका छन । साँन्चेले जापान बिरुद्ध गु्रप एचको यस खेलको तेस्रो मिनेटमा शिन्जी कगावाले हानेको बल हातले रोक्दा रेफ्रिले तुरुन्त उनलाई रातोकार्ड दिएका थिए ।...

ह्विलचियर क्रिकेटले चिनिएका छुल्टिम शेर्पा, जसले नेपालको नाम उचो राखे

काठमाडौँ – छुल्टिम शेर्पा सोलुखुम्बु जिल्लाको थामेमा वि.स.२०२३ सालमा जन्मिएका हुन् । मैले छुल्टिमको फ्ल्यासब्याकको बारेमा कुरा गर्न सुरु गर्दा उनको आँखामा टिलपिल आँशु भरिसकेको थियो । उनी यसरी भावुक हुनुको कारण रहेछ २ बर्षकै उमेरमै उनी पोलियो रोगबाट ग्रसित हुनु ।...

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...