Motivate News

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ ।

मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनलाइनखबरसँग भने, ‘स्वेच्छिक अवकासको प्रक्रिया अहिले स्थगित भएकाले कानुनी रुपमा व्यवस्थापन गरिएको छ ।’

स्वेच्छिक अवकासको निर्णय नहुँदै कर्मचारी रिटायर्ड

यसअघि कर्मचारी समायोजनको क्रममा स्वेच्छिक अवकास लिन चाहने कर्मचारीहरुसँग निवेदन संकलन गरिएको थियो । ५० वर्ष पूरा भइसकेका धेरै पुराना कर्मचारीहरुलाई स्वेच्छिक अवकासमा पठाउने योजना अनुरुप यस्तो योजना ल्याइएको थियो । तर, अवकास पाउन एक-दुई महिना बाँकी भएका, एक हप्ता बाँकी भएकाहरुको निवेदन धेरै पर्‍यो ।

यस्तो निवेदन दिने कर्मचारीहरुको संख्या झण्डै चार हजार छ । स्वेच्छिक अवकासको प्रक्रिया लम्बिएका कारण निवेदन दिएकाहरु अहिले रिटार्ड भइसके । रिटायर्ड भइसकेका कर्मचारीहरुको संख्या जेठ महिनासम्म दुई हजार बढी छ । असारसम्म यो संख्या बढेर ३ हजार पुग्ने अनुमान छ ।

सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘एकातिर स्वेच्छिक अवकासको छिनोफानो नहुने र अर्कोतिर अवकास रोज्दै निवेदन दिएकाहरु रिटायर्ड भइसके । यस्तो अवस्थामा उनीहरुको पेन्सनपट्टा नबन्ने भयो । त्यसैले पेन्सन पट्टा बनाउने बाटो सरकारले खोलिदिएको हो ।’

स्वेच्छिक अवकासमा जाने कर्मचारीहरुलाई ७ वर्षको एकमुष्ट तलब दिने र सात वर्षपछि नियमानुसार पेन्सन दिने योजना अघिल्लो सरकारको थियो । अघिल्लो सरकारले ल्याएको यो योजना वर्तमान सरकारले भने स्थगित गरिदिएको छ । संघीय संरचनामा कर्मचारी अभाव भएको र सरकारलाई आर्थिक भारसमेत पर्ने भएकाले स्वेच्छिकको प्रक्रिया रोक्नुपरेको मन्त्री पण्डितले बताए ।

प्रतिकृया दिनुहोस्

विकट गाउँबाट विकास थाल्नुस् : सभामुख महरा

असार ६, दाङ – सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख...

ह्विलचियर क्रिकेटले चिनिएका छुल्टिम शेर्पा, जसले नेपालको नाम उचो राखे

काठमाडौँ – छुल्टिम शेर्पा सोलुखुम्बु जिल्लाको थामेमा वि.स.२०२३ सालमा जन्मिएका हुन् । मैले छुल्टिमको फ्ल्यासब्याकको बारेमा कुरा गर्न सुरु गर्दा उनको आँखामा टिलपिल आँशु भरिसकेको थियो । उनी यसरी भावुक हुनुको कारण रहेछ २ बर्षकै उमेरमै उनी पोलियो रोगबाट ग्रसित हुनु ।...

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

असार ६, बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा बुधबार सम्बोधन...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...