Motivate News

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ – उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ ।

उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम र केही अमेरिकी अधिकारीहरु पनि त्यहाँ पुगेका हुन् ।

मङ्गलबार केही अमेरिकी उच्च अधिकारी पनि सोमबार राति जापान हुदै सिंगापुर पुगेका थिए । अमेरिकी अधिकारी ह्वाइट हाउसका उपसचिव जोय हाजिनको नेतृत्वमा रहेको छ ।

दुई नेताबीचको शिखर वार्ता अघि ती दुई देशका अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीका कार्यहरु गर्ने भएका प्राप्त समाचारमा जनाइएको छ ।

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने छ ।

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले पनि यसअघि नै पुष्टि गरेको छ । यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ ।

उता यसै वार्ताको आवश्यक तयारीका लागि भन्दै एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको अर्को समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ – अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले...

जेलमा राखिएका दुई पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ – लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो । दुई जना...

युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ – युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक...

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

वासिङ्टन, ४ जेठ– अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गर्नुभएको थियो । उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै...