Motivate News

जेलमा राखिएका दुई पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ – लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो ।

दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको हो भन्ने बारेमा मौखिक रुपमा बताएको भएपनि पक्राउ पुर्जी दिइएको छैन ।

बिना पक्राउ पुर्जी र कारण पत्रकारहरुलाई सरकारले नै यसरी लामो समयसम्म थुनामा राख्दा प्रेस स्वतन्त्रता तथा नागरिकको विचार तथा अभिव्यक्ति अधिकार हनन् भएको भन्दै उनीहरुको रिहाइको माग गरेको हो ।

लिबियामा शान्ति स्थापनाको कार्यमा रहेको राष्ट्रसंघीय मिसन, युएनएसएमआइएलले ती पत्रकारको रिहाइको माग गरेको समाचारमा जनाइएको छ ।

पत्रकारलाई हिंसा फैलाएको मौखिक आरोप लगाउँदै यहाँको प्रहरीले गएको अप्रिल महिनाको अन्तिम साता उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुका बारेमा सरकारले केही भनेको छैन । तर उनीहरुलाई मुद्धा हेर्ने अधिकारीकोमा समेत उपस्थित नगराइएको र पक्राउ पुर्जी पनि नदिइएको बताइएको छ ।

यहाँका पत्रकारितासम्बन्धी संघ संस्थाहरु तथा मानवअधिकारवादीहरुले पनि उनीहरुको रिहाइको माग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ – अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले...

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ – उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी...

युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ – युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक...

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

वासिङ्टन, ४ जेठ– अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गर्नुभएको थियो । उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै...