Motivate News

अम्बिका गुरुङको ‘आँखा लाउँछन’ गीत, गीतकार संघ नेपालको वर्ष गीत पुरस्कारको उत्कृष्ट १० सूचीमा

काठमाडौं – गीतकार संघ नेपालले यस वर्षको वर्ष गीत पुरस्कारको उत्कृष्ट १० गीतहरुको सूची पनि सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेल, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समितिले यी १० उत्कृष्ट गीत छानेको हो जसमा अम्बिका गुरुङ (आँखा लाउँछन्), किरण केसी क्रोधी (कुनै दिन यी दृष्टि), गणेश श्रेष्ठ ‘अपेक्षा’ (आफू उभिएको), नूतन भुसाल (सुटुक्कै मनमा), प्रकाश केसी (रगत पनि), पवित्रा राई (अभिनय गर्दै), वसन्तराज अज्ञात (सपनीमा घरी घरी), डा.राजु बाबु श्रेष्ठ (सम्पत्ति दिएँ), राजु थापा (भीरै माथि) र सुमन बैरागी (प्रबासको पीडा) रहेका छन् ।

वर्ष गीत पुरस्कारका लागि दर्ता भएका एक सय गीतबाट गीतसंगीतमा निरन्तरता, गुणस्तरीयता, सामाजिक स्वीकार्यसहितको योगदानलाई ध्यानमा राखेर उत्कृष्ट दश सार्वजनिक गरिएको संघका अध्यक्ष चुडामणि देवकोटाले कार्यक्रममा बताए । वर्ष गीत पुरस्कारको राशि ५१ हजार नगद रहेको छ । त्यसैगरी यस वर्षको डायस्पोरा गीतकार सम्मानबाट गीतकार राखि गौचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । गीतकार गौचनलाई ११,०००। नगद राशिसहित सम्मान गरिने संघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...