Motivate News

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१)
आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी
नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी
संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई
छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी।
२)
छोडेर मेरो कुरा अरुको किन नि
सुनेर तिम्रो कुरा आउँछ रुन नि
मेरो सामु अरुको तारिफ गरे भने
गाह्रो हुन्छ फेरी तिम्रो हुन नि।
३)
उनी भन्छिन दिउँसै चन्द्रमा चाहियो
मिलाउन कपाल देउ भन्छिन कागियो
न समय न बजार एकलास यो ठाउँमा
कहाँवाट ल्याउँ खै कस्तो माया लाईयो।
४)
ठूलो त पहाड पनि हो तर मुसाको दुलो छ
वाझो छ खेत त्यहा पानी नआउने कुलो छ
ठूलो त्यो हो जस्लाई ठूलो भन्न सकियोस
विश्वास गर्न गाह्रो जस्को कुरो खुकुलो छ।
५)
कानमा झुम्का निधारमा टिका गजव देखियो
पोखरीको चन्द्रमा झै टिप्न खोज्दा लुकियो
वगैँचा वाहिर वहर दोहर गर्ने खै को होला
देखेर तिमीलाई हेर फूलहरु पनि झुक्कियो।
६)
आफ्नो थियो क्षणमै पराई भो
पराई भएपछी के कुरा गराई भो
हिजो सम्म सितल थियो पहाड
आज त्यै पहाड कसरी तराई भो।
७)
हिजो वाजे भोली नातीको पालो
कहिले छुटेने होला छातीको पालो
सजिलो भएन खै कहिले पनि जिउन
हाड निल्ने अव उनै घाँटीको पालो।
८)
धेरै दिनमा भेटे देख्छु उहि मुस्कान
मेरो मन किन्ने लाग्छ उहि दुकान
हुन्छु म खुसि देखे पछी उनलाई
कता भाग्छ खै सारा मेरो थकान।
९)
दुख परेको वेला रुच्दैन खाना पनि
झर्को लाग्छ जस्तै राम्रो गाना पनि
कोहि वच्दैन दुख सुखवाट मान्छेहरु
भुमिका छ जस्मा मनको भावना पनि।

प्रतिकृया दिनुहोस्

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

गजल : आईरह्यो कति बाकस भित्र कतार भएर

गजल जुटौ एक अर्काको दरकार भएर किन उभिन्छौ बेकारमा पर्खाल भएर सोचेथेँ आउँछौ तिमी पलेटी कस्न आयौ हुरी वनेर आएनौ प्यार भएर राम्रो के नराम्रो के छुट्याउनै गाह्रो भो आयो ताली वाहवाह पनि व्यापार भएर हिजोआज निस्केका चल्लाहरु पनि आयो सगरमाथामा पुग्ने...

रवीन्द्र आशिष शैलीका ९ मुक्तकहरु

१) दाउरा सुरुवालमा तुनाको महत्व छ फूल फूल्नु अधि मुनाको महत्व छ सानो भनेर नगर्नु है हेला कसैले पनी हाती तर्साउने भुसुनाको पनि महत्व छ। २) माया भएर के गर्नु जताउन सकिन मनमा थिए कुराहरु वताउन सकिन देख्छु सपनीमा सिरानी संगै वसेको...

भरत बम ‘रणबीर’ लेख्छन, ‘केपी ओलिको सामाजिक दलाल पुँजीवाद’

काठमाडौँ – नेपाली पात्रो अनुसार २०७५ को सुरु आत भएको छ । देशमा वाम गठबन्धनको कथित दुईतिहाइ बहुमतको सरकार छ र यसको नेतृत्व केपी ओलीले गरिरहेका छन् । हरेक नेपाली प्रधानमन्त्रीका लागि दिल्ली दाहिना (सकारात्मक) हुनुपर्ने परम्परालाई निरन्तरता दिँदै भारत भ्रमण गएर...