Motivate News

शिक्षामा बजेट वृद्धि नभएकाले चिन्ता

जेठ १७, काठमाडौँ – शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) आव २०७५\७६ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा चुनावी प्रतिबद्धताबमोजिम बजेट वृद्धि हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

अर्थमन्त्रीले संघीय संसद्मा यही जेठ १५ गते पेश गरेका आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा क्षेत्रमा बजेटको आकार सामान्य वृद्धि भए पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार कूल बजेटको २० प्रतिशत विनियोजन नभएको सो अभियानले जनाएको छ । बजेटमा शिक्षाका लागि रू एक खर्ब ३४ अर्ब विनियोजन गरिएको छ । जुन कूल बजेटको करीब ११ प्रतिशत हुन्छ ।

अभियानका अध्यक्ष कुमार भट्टराईले बिहिबार जारी गरेका विज्ञप्तिमा सरकारले विद्यालय क्षेत्र सुधार र विद्यार्थी टिकाउका लागि ल्याएका योजनाहरु भने सकारात्मक रहेकाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिकृया दिनुहोस्

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै...

गरीब , जेहेन्दार तथा दलित बालबालिकालाई छात्रवृत्ति

असार ३, पाल्पा – सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर...

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि...

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत...